सिम्पल केटा खोज्दै जानभी

काठमाडौं २४ साउन । ‘सिम्पल, चाहना बुझ्ने, मायालु अनि परिवारलाई इज्जत गर्ने केटा ।’ मोडल जानभी पौडेल जब ब्वाइफ्रेन्डबारे कल्पिन्छिन्, यिनै गुणहरूको खोजी गर्छिन् । यी गुण नभेटेर होला, उनी अहिलेसम्म प्रेममा भने परेकी रहिनछिन् । प्रेमको अनुभूति नभए पनि यसबारे आºनै धारणा छ उनको । भन्छिन्– ‘जीवन चलाउने एउटा
नियम हो, प्रेम ।’
नेपालगन्ज कोहलपुरकी पौडेल यतिखेर चलचित्र क्षेत्रमा भविष्य खोजिरहेकी छन् । उनले कथा सागर, जीवनका पानाहरूलगायत सानो पर्दाको सिरियलमा अभियनको अनुवभ लिइसकेकी छिन् । त्यसअघि चेतनामूलक सडक नाटकहरूमा राम्रैसँग भिजेकी उनी म्युजिक भिडियोप्रति लोभिएकी छन् । कारण खुलाउँछिन्– ‘म्युजिक भिडियोमा अभिनय गर्न सजिलो छ अनि छिट्टै प्रसारण हुने भएकाले चर्चा पनि चाँडै हुन्छ ।’
चलचित्र कलाकारितामा आवश्यक पर्ने नृत्य, अभिनयलगायत विधाको प्रशिक्षणसमेत लिएकी जानभी यतिखेर झनै हौसिएकी छन् । आगामी २५ गतेदेखि छायांकनको तयारीमा रहेको चलचित्र रोमान्सले उनलाई नायिकाका रूपमा छनोट गरेको छ । नयाँ नायिकालाई नंग्याउने उद्देश्यले मात्र चलचित्रमा राख्ने परिपाटीप्रति आफू सजग रहेको उनले सुनाइन् । भनिन्– ‘कथाले माग्यो भन्दैमा जस्ता पायो त्यस्ता दृश्य दिने छैन, समाजले पचाउने र परिवारको शिर नझुक्नेसम्मको ग्ल्यामर पस्कने हो ।’ अरूलाई आफूतिर आकर्षित गर्ने खुबीलाई ग्ल्यामर भन्छिन् उनी पनि, आम मोडलले जस्तै । चलचित्रलाई समाजको ऐना मान्छिन्– ‘यसबाट समाजलाई जागृत गराउन सकिन्छ ।’
पाँच फिट दुई इन्च उचाइकी यी सुन्दरी वानपिस पहिरनमा देखिन रुचाउँदी रहिछन् । यस्तो पहिरनमा ‘सेक्सी’ देखिन्छु भन्छिन् । वानपिस पहिरेर बाटोमा हिँड्दा जिस्क्याउने पनि थुप्रै हुन्छन् रे † तर, जिस्क्याउनेलाई नराम्रो ठान्दिनन् । ‘किन रिसाउनु, त्यो त राम्रो चिजको कदर पो गरेको हो त †’ उनी भन्छिन् । बेबी फ्रक लगाउन सबैभन्दा मन पराउने उनी मेकअपमा चाहिँ उति रुचि नराख्ने सुनाउँछिन् । भन्छिन्– ‘क्रिमपाउडर र लिपिस्टिक
मात्र लगाउँछु ।’
सेक्सबारेको रेडिमेड धारणा छ यी सुन्दरीको– ‘दुई आत्माको मिलन ।’ अहिलेसम्म सेक्स सम्बन्धको अनुभव लिएकी छैन भन्छिन्– ‘किनकि म बिहेपछाडिको सेक्समा विश्वास गर्छु ।’
नायक आर्यन सिग्देलकी ºयान जानभी उनीसँग डेटिङ जान चाहन्छिन् । अनि नायिका रेखा थापालाई पनि उत्तिकै मन पराउँछिन् । ‘किनकि रेखा जहिल्यै मिडियामा आलोचित हुन्छिन्, तर सबै कुरालाई पोजिटिभ लिन्छिन्’ – उनले भनिन् ।

प्रतिक्रिया