हेटौंडा, २२ साउन । मकवानपुर प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागूऔषध चरेस पक्राउ गरेको छ ।
त्रिभुवन राजपथ अन्तर्गत टिस्टुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३ ख १६१७ नम्वरको ट्रकमा ग्लालिनमा लुकाई राखेको अवस्थामा एक सय किलो चरेस प्रहरीको भैंसे चेकपोष्टले पक्राउ गरेको हो ।
बीरगञ्ज लैजानका लागि दस, पाँच र बीस लिटरका ग्यालेनका तल्लो भागमा लुकाएर राखिएको अवस्थामा चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सो चरेससँगै कान्छा गोलेलाई हुप्राचौंर नजिकैवाट पक्राउ गरेको छ । प्रहरीले दुई कारोवारी र ट्रकका चालक गौरका घनश्यामप्रसाद चौंधरी र सहचालक बाराका प्रमेश यादबलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया