विज्ञापनकै सात करोड

मुम्बई : लगातार चारपटकसम्म विश्वकै ‘सेक्सी’ महिला घोषित भएकी क्याट्रिना कैफले बलिउडमा नयाँ रेकर्ड राखेकी छन् । पछिल्लोचोटि उनले बलिउडमा विज्ञापन खेलेबापत सबैभन्दा बढी रकम लिने नायिकाको रेकर्ड बनाएकी हुन् । एजेन्सीले जनाएअनुसार उनले एक पेन्ट कम्पनीसँग रंगको विज्ञापन खेलेबापत सात करोड रुपियाँ लिएकी छन् ।
यसअघि नायिका करिना कपुरले एक पेयपदार्थको विज्ञापनका लागि पाँच करोड रुपियाँ लिएकी थिइन् । करिअरको उचाइमा रहेकी करिनासँग हाल तीन चलचित्र लाइनमा छन् । सलमान खानसँग अभिनय गरेको एक था टाइगर पनि रिलिजको
तयारीमा छ ।
अहिले बलिउडमा चर्चामा रहेका चलचित्रमा कैटरिनाको अभिनय रहेकाले उनको डिमान्ड बढेको र त्यसैका आधारमा कम्पनी उनलाई विज्ञापनका लागि सो रकम तिर्न तयार भएको हो । एजेन्सीले जनाएअनुसार उनी अहिले १२ वटा कम्पनीका विज्ञापनमा काम गर्दै छिन् । उनले यत्तिका रकम लिएको यो विज्ञापन यसअघि बलिउड किङ शाहरुख खानले गर्ने चर्चा चलेको एजेन्सीले बतायो । (एजेन्सी)

प्रतिक्रिया