राजविराज, २१ साउन । राजविराजमा विषालु च्याउ खाँदा आज एकै परिवारका चार जना बिरामी परेका छन् ।
बजारबाट किनेर ल्याएको च्याउ खाएपछि सगरमाथा अञ्चल प्रहरी कार्यालयको गुल्ममा कार्यरत प्रहरी सञ्जय श्रेष्ठको परिवारका सबै बिरामी परेका हुन् ।
बिरामी पर्नेमा २५ वर्षीय प्रहरी सञ्जय श्रेष्ठ, उनकी पत्नी २० वर्षीया मिला श्रेष्ठ, काखे छोरा र छोराको हेरविचारका लागि बसेकी १२ वर्षीया उर्मिला भट्टराई रहेका छन् ।
उनीहरूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको छ ।
प्रतिक्रिया