सरकार राष्ट्रियता विरोधीः बैद्य

काठमाडौं, २१ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान सरकारले सुरुदेखि नै राष्ट्रियता विरोधी गतिविधि गरेको आरोप लगाएका छन् ।
उनले राष्ट्रियता विरोधी सरकारले पद त्याग गर्नुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले यथास्थिति मै जनताको संविधान बन्न नसक्ने बताए ।
उनले भने, ‘अहिलेको आवश्यकता भनेको सर्वपक्षीय गोलमेच सम्मेलन हो ।’
बैद्यले सर्वदलीय राष्ट्रिय सरकारका लागि वर्तमान सरकारले तत्काल मार्ग प्रसस्त गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया