मुगु र बाँकेमा ५९ जनाको उद्धार

काठमाडौं, २१ साउन । अविरल बर्षाका कारण बाढी र पहिरोबाट पीडित पाँच दर्जन बढि सर्वसाधारणको प्रहरीले उद्धार गरेको छ ।
मुगु जिल्लामा अविरल बर्षाका कारण आज घर भत्कीएर च्यापिएकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । सुकाढीक–७ बस्ने धनबहादुर शाहीको घरमा पसल गरी बस्ने राजकुमार शाहीकी पत्नीको उद्धार गरिएको हो । उनीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यता, बाँकेमा प्रहरीले ५८ जना सर्वसाधारणको उद्धार गरेको छ । राप्ती नदीको बाढीका कारण आज समस्यामा परेका फतेपुर–८ घर भई बनकट्टी–८, भमौडामा बसेका ५८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई रेडक्रसको सहयोगमा उद्धार गरी बनकट्टी–८, रामपुर्वास्थित मदरसा स्कूलमा राखिएको छ ।

प्रतिक्रिया