छानिदै मिस ग्लोबल

काठमाडौं : दोस्रो मिस ग्लोबल इन्टरनेसनल ०१२ को अडिसन शनिबारदेखि राजधानीमा सुरु भएको छ । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीको आयोजनामा गत वर्षदेखि सुरु भएको प्रतियोगिताको यसपालिको संस्करणमा ६० जना युवती अडिसनमा सहभागी
भएका छन् ।
पूर्वमिस नेपाल सुगारिका केसी र आयोजक संस्थाका अध्यक्ष मनोज पाण्डे निर्णायक रहेको अडिसनबाट अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिने बताइन्छ । सहभागीलाई विभिन्न तालिम तथा प्रशिक्षणसमेत उपलब्ध गराइने प्रतियोगितामा शीर्ष उपाधीसहित वेष्ट मार्केटिङ, मिस पर्सनालिटी, मिस फोटोजेनिक, मिस ट्यालेन्ट, मिस ड्ेरस, मिस फ्रेन्डसिप, मिस क्याटवाक र बेस्ट फिगर गरी १२ विधामा उपाधि प्रदान गरिने आयोजकले बताए ।
शीर्ष विजेताले नगद दुई लाख र विदेश अध्ययनका लागि हवाई टिकट, दोस्रो हुनेले ८० हजार नगद र विदेश अध्ययनका लागि हवाई टिकट प्राप्त गर्नेछन् । त्यस्तै, तेस्रो हुनेलाई ४० हजार नगद पुरस्कार र विदेश अध्ययनका लागि हवाई टिकट प्रदान गरिने राजधानीमा शनिबार आयोजित पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो । बेस्ट मार्केटिङ उपाधि विजेतालाई पनि दुई लाख नगद र विदेश अध्ययनका लागि हवाई टिकट उपलब्ध गराइनेछ । गत वर्षको उपाधि दीक्षा लामाले
जितेकी थिइन्
प्रतियोगिताको फाइनल आगामी भदौ १८ गते राजधानीको आर्मी अफिसर्स क्लबमा हुने आयोजक संस्थाका सेरिहा रावलले जानकारी गराए । (कमल बहादुर सिञ्जाली मगर : प्रशिक्षार्थी)

प्रतिक्रिया