गाउँलेको हाहाकार

काठमाडौ : गाईजात्रालाई लक्षित गरेर हास्य एल्बम निकाल्नेको लर्कै लागेको छ । हास्यकलाकार कमल गाउँलेले पनि हास्यव्यंग्य एल्बम हाहाकार बजारमा ल्याएका छन् । यो गाउँलेको १२औँ एल्बम हो । हास्य टेलिशृंखला तीतो सत्यबाट चर्चामा आएका गाउँलेले यसअघिका गाईजात्रामा पनि लगातार एल्बम निकाल्दै आएका थिए । ‘देशमा रहेको सबै क्षेत्रको अभावलाई एल्बममार्फत व्यंग्यात्मक प्रस्तुति गरेको छु,’ उनले भने । (सौस)

प्रतिक्रिया