देउखुरीको जनजीवन सामान्य बन्दै

दाङ, २० साउन । दाङको देउखुरीमा बाढीमा बगेर बेपत्ता भएकी एक महिला अझै फेला पर्न सकेकी छैनन् ।
शुक्रवार बाढीले बेपत्ता बनेकी सिसहनिया गाविस वडा नम्वर ९, भगवानपुर निवासी सब्बीर मोहम्दकी ५० बर्षीया पत्नी कमरुन निसालाई आज दिनभरी खोज्दा पनि फेला पार्न नसकिएको हो ।
राप्ती नदी आसपासका क्षेत्रमा खोजिकार्य जारी राखेको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
दाउरा खोज्न नदीमा पसेका बेला शुक्रवार अचानक बढेको बाढीले बगाएर उनलाई बगाएको आफन्तले जनाएका छन् ।
बर्षा रोकिए पछि नदीमा पानीको सतह घटेपछि आज त्यस क्षेत्रको जनजीवन सामान्य बन्दैगएको छ । बिहीबार रातीदेखि परेको अविरल वर्षासंगै आएको वाढीमा वगेर देउखुरीमा एक जना सशस्त्र प्रहरी सहित तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया