काठमाडौं, १९ साउन । पूर्वाञ्चल विश्व विद्यालयका उपकूलपति तथा प्राध्यापक महेश्वरमा श्रेष्ठले विश्व विद्यालयमा बारम्बार नेतृत्व परिवर्तन भईरहँदा विद्यालयको स्तर वृद्धि हुन नसकेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले सरकारले ९० प्रतिसत अनुदान दिने त्रिभूवन विश्व विद्यालय, सरकारी सहयोग न्यून रहेको पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयलाई एउटै दृष्टिले हेर्न नहुने बताए ।
उनले विश्व विद्यालयलाई चाहिने आवश्यक रकम र पूर्वाधार विना विश्वविद्यालयको स्तरवृद्धि हुन नसक्ने बताए ।
अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्व विद्यालयको अवस्था, हालसम्मको काम र शैक्षिक नीतिका विषयमा समीक्षा नगरी सुधार्न नसकिने बताए ।
प्रतिक्रिया