चन्दले पनि सुविधा फिर्ता गरे

काठमाडौं, १८ साउन । पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले सरकारले उपलब्ध गराएको सुविधा फिर्ता गरेको जनाएका छन् ।
चन्दले आज विज्ञप्ति जारी गरेर राज्यले पूर्व प्रधानमन्त्रीका हैसियतले उपलब्ध गराएको गाडी तथा डिजेल सुविधा फिर्ता गरेको जनाएका छन् ।
उनले भनेका छन्, ‘राज्यका तर्फबाट प्राप्त गाडी र पछिल्लो पटक पाउँदै आएको डिजेल सुविधा मैले फिर्ता गरिसकेको अवगत गराउन चाहन्छु ।’
उनले विशिष्ट पदाधिकारीहरुको सेवा सुविधा सम्वन्धमा हाल सामाजका बिभिन्न क्षेत्रबाट ब्यक्त चासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले बिभिन्न सञ्चार माध्यममा आए जस्तो घर भाडा, सचिवालय तथा सहयोगी सुविधालगायत अन्य कुनै सेवा सुविधा राज्यका तर्फबाट नलिएको बताएका छन् ।
चर्को विरोध भएपछि यस अघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख रामचन्द्र पौडेल, सुवासचन्द्र नेम्वाङले सुविधा फिर्ता गरेका थिए ।

प्रतिक्रिया