साइलेन्स कमेडीमा गुपचुप

काठमाडौं : टेलिशृंखला मेरी बास्सैमा ‘टुप्पी भान्जा’ को चरित्रमार्फत चर्चामा आएका राजेश नाथले पनि गुपचुप नामक साइलेन्स कमेडी टेलिशृंखला निर्माण गरेका छन् । गत शनिबारदेखि नेपाल टेलिभिजनमा साप्ताहिक रूपमा प्रसारण हुन थालेको यो टेलिचलचित्र प्रत्येक शनिबार दिउँसो साढे १२ बजे प्रसारण हुन थालेको छ । स्टार मिडिया नेटवर्कको प्रस्तुति रहेको गुपचुपको लेखन पनि राजेश आफैँले गरेका हुन् ।
रामचन्द्र अधिकारी, लक्ष्मी गिरी, रमेश केसी (मट्टारे), रमण सुवेदी
(रिजन), रचना पौडेल, नरेन्द्र धामी, सुरेन्द्र बडू र सुरेश चन्दलगायत कलाकारको अभिनय रहेको गुपचुप नेपालमै पहिलो साइलेन्स टेलिशृंखला भएको निर्माता राजेश दाबी गर्छन् । नेपाल टेलिभिजनको पर्दामा ५२ भाग प्रसारण गर्ने सम्झौता भएको उनले सुनाए । (सौस)

प्रतिक्रिया