जलुकेमा बस दुर्घटना एक जनाको मृत्यु

दाङ, १७ साउन । दाङ र कपिलबस्तुको सीमानामा पर्ने अर्धाखाचीको जलुके भन्ने स्थानमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ यात्रु घाईते भएका छन् ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बसका सह–चालक हुन् । घाईते केही यात्रुको अवस्था गम्भीर रहेको छ ।
बुटवलबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९८५९ नम्बरको बस दाङ र अर्घाखाचीको सीमानामा पर्ने जलुके–६, हात्तिढुङ्गा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते २२ यात्रुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बसको पट्टा भाँचिएर बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया