निर्जला विश्वकपको ५२औँ स्थानमा


काठमाडौं : नेपालकी महिला साइक्लिङ च्याम्पियन निर्जला ताम्राकारले फ्रान्समा भएको विश्वकप साइक्लिङ प्रतियोगितामा ५२औँ स्थान प्राप्त गरेकी छन् । प्रतियोगिता गत महिना सम्पन्न भएको थियो । ‘विश्वकपमा सहभागी हुने पहिलो नेपाली साइकल चालक हुन पाएकोमा गर्वको अनुभूति गरेको छ,’ ताम्राकारले भनिन् । रेसमा सहभागी अधिक खेलाडी लन्डनमा जारी ओलम्पिक खेलकुदमा सहभागी भएका छन् ।
निर्जलालाई बेलायतको प्रतिष्ठित कम्पनी केकी आरोजले प्रायोजन गरेको थियो । लगातार तीनपटक उपाधि जितेको हिमाञ्चल बाइकिङ रेसमा सहभागिता जनाउन निर्जला हिमाञ्चल प्रदेश प्रस्थान गर्नेछिन् । निर्जलाले कञ्जनजंगा साइक्लिङ प्रतियोगितामा पछिल्लो तीन संस्करणका सबै स्पर्धामा उपाधि जितेकी थिइन् । (सौस)

प्रतिक्रिया