वासिंगटन : अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन अफ्रिकाका ६ मुलुकको भ्रमणमा निस्किएकी छन् । मंगलदेखि सुरु हुने उनको अफ्रिका भ्रमण अगस्ट १० सम्म जारी रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा विदेशमन्त्री क्लिन्टनले अफ्रिकी राष्ट्रमा प्रजातान्त्र सुदृढीकरण, आर्थिक उत्थान, शान्ति र सुरक्षालगायत विषयमा त्यहाँका अधिकारीसँग छलफल गर्ने जनाइएको छ । सेनेगलबाट क्mिलन्टनले अफ्रिका भ्रमण आरम्भ गर्नेछिन् । सेनेगलका राष्ट्रपति माकी सालसहित त्यहाँका राजनीतिक दलका नेताहरूसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सेनेगलपछि उनी सुडान, सोमालिया, केन्या, युगान्डा पुग्ने जनाइएको छ । (सिन्ह्वा)
प्रतिक्रिया