प्रतिकारमा तीन जना डाँका घाइते

बाँके, १६ साउन । बाँके जिल्लामा स्थानीयको प्रतिकारका क्रममा तीन जना डाँका घाईते भएका छन् ।
डकैती गर्न आएका टिटहरिया–९ बस्ने गोविन्द बुढा क्षेत्री, रामसिंह ठकुरी र रामसिंह चौधरी गम्भीर घाइते भएका हुन् । उनीहरु सहित २५÷३० जना डाँका टिटहरिया–२, बबरदईस्थित युवराज ओलीको घरमा डकैती गर्न आएका थिए ।
डकैती गर्ने क्रममा स्थानीय बासिन्दाले थाहापाई प्रतिकार गर्ने क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घाईते डाँकाका आफन्तले उनीहरुलाई मेडिकल कलेज कोहलपुरमा लगेर उपचार गराएका छन् । तीन जना डाँका प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रतिकार पछि डाँका समूहले डकैती गर्न नपाएको प्रहरीले जनाएको छ । फरार अन्य डाँकाको खोजतलास सुरु गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया