प्रधानमन्त्री भट्टराई र सिन्हावीच भेटबार्ता

काठमाडौं, १६ साउन । प्रधानमन्त्री बाबुराम भट्टराईसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हाले भेटबार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भएको भेटबार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आइतबार नेपाल भ्रमणमा आएका सिन्हाले दलहरुको सम्बन्धका बारेमा समेत चासो व्यक्त गरेका छन् ।
सिन्हाले भट्टराईलाई राजनीतिक सहमति जुटाएर गतिरोधको अन्त्य गर्न सल्लाह दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरिसकेका भारतीय जनता पार्टीका नेता सिन्हाले विभिन्न दलका नेताहरुसँग पनि राजनीतिक परामर्श गर्ने छन् ।
नेपालका राजनीतिक दलहरुका वीच सम्बन्ध चिसो बढिरहेका समयमा भएको भारतीय नेता सिन्हाको भ्रमणलाई विश्लेषकहरुले महत्वका साथ हेरेका छन् ।

प्रतिक्रिया