घोटाला गर्नेलाई मृत्युदण्ड

तेहरान : तेहरानको एक अदालतले मुलुकको हालसम्मकै ठूलो बैंक घोटाला काण्डमा दोषी प्रमाणित चार व्यक्तिलाई मृत्युदण्ड दिने निर्णय गरेको छ । फेब्रुअरी महिनामा आरम्भ भएको यससम्बन्धी सुनुवाइमा ३९ व्यक्तिमाथि आरोप लगाइएको थियो । गत वर्ष सेप्टेम्बर महिनामा प्रचारमा आएको यस काण्डमा २.६ अर्ब अमेरिकी डलर बराबरको भ्रष्टाचार भएको अनुमान गरिएको छ । महान्यायाधिवक्ता घोलाम हुसेन मोहसेनिल एजेइले चार व्यक्तिलाई मृत्युदण्ड दिने निर्णय भएको जानकारी दिए । अन्य दुई व्यक्तिलाई आजीवन कारावासको सजाय तोकिएको र बाँकीलाई २५ वर्षसम्मको कारावासको सजाय तोकिएको उनले उल्लेख गरे । (एएफपी)

प्रतिक्रिया