काठमाडौं : वाणिज्य विभागले मनमैजुस्थित समुल ग्रुप इन्डस्ट्रिज नामक पानी उद्योगमा अनुगमन गरेको छ । विभागको अनुगमनमा उक्त उद्योगले पानी परीक्षणका लागि ल्याबको व्यवस्था नगरेको पाइएको छ ।
पानी उद्योगले पानी परीक्षणका लागि ल्याबको व्यवस्था गर्नुपर्ने भए पनि सो व्यवस्था नगरेको भन्दै अनुगमन टोलीले सञ्चालकलाई सात दिनभित्र विभागमा स्पष्टीकरणका लागि बोलाएको छ । पानीको गुणस्तर परीक्षण गर्ने प्रयोगशालाका विषयमा थप बुझ्नुपर्ने भएकाले सात दिनभित्र विभागमा सम्पर्क राख्न निर्देशन दिइएको अनुगमन टोलीका संयोजक हिमालयजीवी उपाध्यायले बताए । (सौस)
प्रतिक्रिया