निर्वाचन हुन सक्दैनः आयोग

काठमाडौं, १५ साउन । निर्वाचन आयोगले मंसिर–७ गतेका लागि घोषणा चुनाव हुन नसक्ने जनाएको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आयोग कार्यालय कान्तपथमा आज पत्रकार सम्मेलन गरेर सरकारले तोकेको मंसिर–७ गते मितिमा निर्वाचन हुन नसक्ने जनाएका हुन् । ‘संवैधानिक, कानून र राजनीतिक सहमतिको अभावमा निर्वाचन संभव छैन,’ उनले भने, ‘अब मंसिर–७ गते नयाँ निर्वाचन हुँन सक्दैन ।’
समय अभावका कारण निर्वाचनलाई प्रभाव भने नपारेको उनले स्पष्ट पारे । ‘मंसिर–७ गते निर्वाचन हुन सक्दैन भनेर सरकारलाई पत्र पठाएका छौं,’ उप्रेतीले भने, ‘साउन–७ गते सम्म सरकारले संविधान र कानून संशोधन नगरेकाले नयाँ निर्वाचनमा अवरोध भएको हो ।’
साउन सात गते सम्म आयोगलाई अप्ठेरा परेका कानून, संविधान र राजनीतिक सहमति नफुकाई दिएकाले आयोगले सो मितिमा निर्वाचन गराउन असमर्थता जनाएको हो ।
मंसिर–७ गते नयाँ निर्वाचन गराउन नसक्ने भन्दै आयोगले सरकारलाई पत्र समेत पठाएको उप्रेतीले बताए ।
निर्वाचन हुन नसक्ने आयोगको निर्णय पछि कामचलाउ सरकारलाई झट्का लागेको छ । विपक्षी दलहरुले निर्वाचनको विरोध गरिरहेका समयमा आयोगको यस्तो निर्णय सार्वजनिक भएको छ ।

प्रतिक्रिया