स्वास्थ्य संस्थामा विरामीको चाप

रोल्पा, १५ साउन । मौसम परिवर्तनसँगै रोल्पाका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ ।
प्रतिकुल मौसमसँगै दुषित पानीको प्रयोगका कारण रोल्पाका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको हो । रोल्पाका स्वास्थ्य सस्थाहरुमा रुघाखोकी, आउँ, ज्वरो, निमोनिया, टाइफाइड, झाडापाखाला, भाइरल ज्वरोलगायतका बिरामीहरु आउने गरेका छन् ।
गत बर्षको तुलनामा यस बर्ष स्वास्थ्य चौकीहरुमा बिरामीको चाप अत्याधिक बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्ला अस्पताल रेउघामा पनि विरामीको चाप बढेको छ । मौसममा भएको बदली र पानीका श्रोतहरु दुषित हुनुका कारण पानीजन्य रोगका बिरामीहरुको चाप बढेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।
विशेष गरी झाडावान्ता टाइफाइट र भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् ।
अस्पतालमा बिरामीलाई राखेर उपचार गर्न पर्याप्त बेडको अभाव भएकाले अस्पतालको गल्लीमा राखेर उपचार गर्न बाध्य भएको जिल्ला अस्पताल रोल्पाका प्रमुख डा.विनोद गिरीले बताए ।
१५ शैया क्षमताको अस्पताल भएकाले विरामीको चाप बढेपछि उपचारमा समस्या भएको हो । अस्पतालमा औषधिको समेत अभाव रहेको छ । सौर्य

प्रतिक्रिया