काभ्रे, १४ साउन । काभ्रेका स्रोत ब्यक्तिलाई बसले ठक्कर दिएर मारेको विरोधमा सामुदायिक विद्यालयका शिक्षकहरुले आज जिल्लाका सबै विद्यालय बन्द गरेर धुलिखेलमा प्रदर्शन गरेका छन् ।
गत असार–३० गते हिमाल तराई यातायात सेवा समितिको ना २ ख ५८९२ नम्वरको बसले ठक्कर दिंदा बजारतर्फ आउँदै गरेका स्रोत व्यक्तिद्वय डेगराज भट्टराई र नवराज तिमल्सिनाको मृत्यु भएको थियो ।
धुलिखेलमा मौन जुलुस निकालेका शिक्षकहरुले श्रद्धाञ्जली सभाको आयोजना समेत गरे । शिक्षकहरु विद्यालय बन्द गरे जुलुस र प्रदर्शन गर्न लागेपछि हज्जारौं विद्यार्थी पठनपाठनबाट वञ्चीत भएका छन् । सभामा शिक्षक युनियन राष्ट्रिय समितिका सल्लाहाकार माधवप्रसाद अधिकारी, नेपाल शिक्षक संघ राष्ट्रिय समितिका अध्यक्ष मोहन ज्ञवाली, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष आश्विनीप्रसाद चौँलागाँई, नेपाल शिक्षक संगठन काभ्रेका अध्यक्ष ज्ञाननाथ पाठकलगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरुले अनियन्त्रित रुपमा बस चलाएर दुर्घटना गराउने सह–चालक, स्थानीय माथि दमन गर्ने प्रहरी नायव उपरीक्षक सुरेन्द्र मैनालीलाई कारवाही तथा पीडित परिवारका सदस्यहरुलाई क्षतिपूर्तिको माग गरेका छन् ।
शिक्षकहरुले माग पुरा नगरेसम्म चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया