बैतडीमा बाघको आक्रमण बालकको मृत्यु

कैलाली, १४ साउन । बैतडीको तल्लोसोराड क्षेत्रमा बाघले आतंक मच्चाएपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् ।
शुक्रबार साझ बाघको आक्रमणबाट फेरी एकजना बालकको मृत्यु भएको छ । बिशालपुर–७ का शंकर भट्टका छ वर्षीय छोरा नबीन भट्टको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
आफ्नी आमासँग साँझ साढे छ बजेतिर आगनमा खेलीरहेका बेला बाघले आक्रमण गरेर घाइते भएका नाबालक भट्टको केहीबेरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका नायव उपरीक्षक विष्णुबहादुर कार्कीले बताए ।
यो हप्ता मात्रै बिशालपुर गाविसमा बाघको आक्रमणबाट दुईजनाको ज्यान गइसकेको छ । गएको आइतबार सोही गाविस का साढे चार वर्षीय दीपेन्द्र चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
यसैवीच, बैतडीको खोड्पेबाट कैलालीको धनगढी तर्फ आइरहेकोे से १ ज २५२ नम्बरको मालबाहक जीप भीमदत्त राजमार्ग अन्तर्गत सिद्धेश्वर गाविसको अरुबाटामा दुर्घटना भएको छ ।
आज बिहान नौ बजे जीप आरुबाटा ६ सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक तथा बैतडी न्वाली गाविसका जनकसिंह कार्की रहेका छन् ।
दुर्घटनामा परी जीपमा सवार देबेन्द्र कुँवर गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया