सामूहिक गाईजात्रा हुने

काठमाडौँ : यस वर्षको गाईजात्रे महोत्सवमा चर्चित हास्य टेलिशृंखला झ्याइँकुट झ्याइँ, मेरिबास्सै र जय होस्का कलाकारका साथमा शिखर नेपालले हाजमोला झ्याइँकुटी, मेरिबास्सै, जय होस् गाईजात्रा महोत्सव २०६९ आयोजना गर्ने भएको छ । उनीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन १८ गतेदेखि २७ सम्म राष्ट्रिय सभागृहमा गाईजात्रे प्रस्तुति दिने जनाएका हुन् ।
महोत्सवका संयोजक दमन रूपाखेतीले समाजमा रहेका विकृतिलाई आलोचना गर्ने र जनतालाई सुसूचित गराउने उद्देश्य रहेको बताए । गाईजात्रामा दमन रूपाखेती, शेखर खनाल, संगम राई, केदार घिमिरे, सुनीता गौतम, सुरज चापागार्इं, रवि डंगोल, पूर्ण थापा, लक्ष्मण गाम्नागेलगायतको प्रहसनात्मक पं्रस्तुति रहने कार्यक्रममा जानकारी गराइयो । (डोजिन राई/प्रशिक्षार्थी)

प्रतिक्रिया