बाह्र वर्षपछि वातावरण विभाग

काठमाडौं, १३ साउन । प्रक्रिया सुरु भएको १२ वर्षपछि वातावरण विभाग बन्ने भएको छ । सन् २००० देखि प्रक्रिया सुरु गरिएको वातावरण विभागले अबको तीनदेखि चार महिनाभित्र पूर्णता पाउने भएको हो ।

वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले वातावरण विभाग स्थापना गर्न पेस गरेको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्ताव पास गरेपछि विभाग स्थापनाको बाटो खुलेको हो । बैठकमा मन्त्रालयका तर्फबाट वातावरणमन्त्री डा. केशवमान शाक्यले विभाग स्थापनाको प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पास भएपछि विभाग स्थापना गर्न बाटो खुलेको भन्दै वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले अब मन्त्रालयका नीतिगत निर्णय र नीति, नियम कार्यान्वयन र अनुगमन हुने बताए । ‘विभाग स्थापना गर्न बाटो खुल्यो,’ उनले सौर्यसाग भने, ‘विभाग बनेपछि नीतिगत निर्णय कार्यान्वयन र ऐन, कानुन लागू भए/नभएको अनुगमन हुन्छ ।’
उनले कर्मचारी दरबन्दी पूरा गरेर विभाग स्थापना गर्न कम्तीमा तीन महिना लाग्ने बताए  । उनका अनुसार काठमाडौंभित्रै कुनै सरकारी भवन खाली भए त्यसमा र नभए भाडामा भवन लिएर विभाग राखिने हुादा खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्नेबाहेक अरू थप समय लाग्दैन । मन्त्रिपरिषद्बाट पास भएको वातावरण विभागको अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट(ओ एन्ड एम) अध्ययनअनुसार विभागमा एक महानिर्देशक, दुई उपमहानिर्देशक, १७ जना वातावरण निरीक्षक र अन्य गरेर ५० देखि ५५ जना कर्मचारी रहनेछन् । जसमा प्राविधिक र प्रशासनिक गरी तोकिने वातावरण निरीक्षकले वातावरण संरक्षण ऐन ०५३ र वातावरण संरक्षण नियमावली ०५४ कार्यान्वयन भए/नभएको स्थलगत अध्ययन गर्ने र तिनीहरूलाई कारबाही गर्नेसम्मको अधिकार दिइनेछ ।
सन् १९९५ मा जनसंख्या तथा वातावरण मन्त्रालय स्थापना भएर सन् २००९ मा वातावरण मन्त्रालय छुट्टै रहादा र अहिले वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय भइसक्दासम्म सिंहदरबारभित्रको मन्त्रालयबाहेक देशभर अर्को वातावरणीय निकायको कार्यालय छैन । वातावरणसम्बन्धी नीतिगत निर्णय कार्यान्वयन र ऐन, कानुन पालना भए/नभएको अनुगमन गर्ने निकाय नहुादा वातावरणसम्बन्धी धेरै निर्णय भएका र ऐन, कानुन बने पनि तिनीहरूको कार्यान्वयन हुन सकेको छैन ।
वातावरण संरक्षण ऐन ०५३ र वातावरण संरक्षण नियमावली ०५४ बनाउादा नै वातावरण विभागको आवश्यकता महसुस गरिए पनि सन् २००० बाट विभाग स्थापना गर्ने गृहकार्य सुरु भएको मन्त्रालयका एक पूर्वसहसचिवले बताए ।
उनका अनुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री भक्तबहादुर बलाएर र सचिव डा. गोविन्दराज भट्टले विभाग स्थापना गर्ने प्रक्रिया सुरु गरेका थिए । जसका लागि गठित एक टिमले सिंगापुर, मलेसिया र इन्डोनेसियामा पुगेर त्यहााका वातावरण विभागको अध्ययन गरेका थिए । ‘त्यो टोलीले विभाग स्थापना गर्न तत्कालै फाइल अघि बढाए पनि सामान्य प्रशासन मन्त्रालयले रोकेको थियो,’ ती सहसचिवले भने, ‘त्यसपछि सामान्य प्रशासन र वातावरण मन्त्रालय ओहोर–दोहोर गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट पास हुन १२
वर्ष लाग्यो ।’
बीचमा सुस्ताएको विभाग स्थापनाको तयारी सन् २००९ देखि पुन: सुरु भएको थियो । वातावरण, विज्ञान तथा प्रविधिमन्त्री डा. शाक्यले लामो समयदेखि सुरु भएको विभाग गठन प्रक्रिया क्याबिनेटबाट पास भएकामा खुसी व्यक्त गरे । ‘धेरै पहिलादेखि गरिएको पहल बल्ल सफल भयो,’ उनले सौर्यसाग भने, ‘अब वातावरण मन्त्रालयको नाम मात्रै होइन, कामसमेत देख्न पाइनेछ ।’ मन्त्रिपरिषद्मा विभाग स्थापनाको प्रस्ताव दुई महिनाअघि पुर्‍याइएको थियो ।

प्रतिक्रिया