सौर्यकर्मी राई सम्मानित

काठमाडौं : सौर्य सहकर्मी राजेश राई सम्मानित भएका छन् । नेपाली लोकसाहित्यको विकास र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएबापत मैयाँ–वासु पन्त स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएका हुन् ।
मंगलबार राजधानीमा पन्त स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार धु्रव हाडाले राईलाई सम्मानपत्र र नगद १० हजार प्रदान गरे । राईसहित अन्य चार स्रष्टा पनि सम्मानित भएका छन् । रामराजा पन्त स्मृति पुरस्कारबाट ‘सेतो धरती’ उपन्यासका लागि अमर न्यौपाने सम्मानित भएका छन् ।
यसैगरी, हास्यव्यंग्यका लागि गोपालराज पन्त स्मृति सम्मानबाट डम्बर घिमिरे, सदीक्षा बालप्रतिभा पुरस्कारबाट दिलमाया चौधरी, सीताश्री प्रतिभा पुरस्कारबाट चित्रकार रामबहादुर डाढामगर सम्मनित भएका छन् । यसैगरी, पत्रकार देवेन्द्र गौतम बन्धुस्मृति सम्मानबाट पुरस्कृत भएका छन् ।

प्रतिक्रिया