तयारी नपुगे पछि बैठक स्थगित

काठमाडौं, ९ साउन । एकीकृत माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज छोटो समय बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र सातौं विस्तारित बैठकका निर्णय लगायतमा सामान्य छलफल भएको एमाओवादीले जनाएको छ । एमाओवादीका अनुसार तयारी नपुगेकाले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको छ ।
बैठकमा सातौं विस्तारित बैठकको समीक्षा, माहाधिवेशनको तयारीलगायतमा छलफल हुने कार्यक्रम थियो ।

प्रतिक्रिया