बाबुको किरियामा छोरी

जाजरकोट, ९ साउन । जाजरकोटमा पहिलोपटक छोरीले बाबुको काजक्रिया गरेकी छन् ।

छोराले मात्र बाबुआमाको काजक्रिया गर्ने परम्परा रहे पनि पुन्मा–३ की १६ वर्षीया पम्फा घर्तीले बाबुको काजक्रिया गरेकी हुन् । ७४ वर्षीय बाबु विष्णुको मृत्यु भएपछि उनी किरियामा बसेकी हुन् ।
‘मर्नुभन्दा पहिले बुबाले मलाई नै क्रिया बस्न भन्नुभएको थियो,’ पम्फाले भनिन्, ‘घरमा दाजुभाइ पनि नभएकाले आफैँ किरिया बसेकी हुँ ।’ उनीसँगै काका दलबहादुर पनि किरिया बसेका छन् ।
गत चैते दसैँमा घरको ढोकाबाट लडेर घाइते भएका विष्णुको आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन सकेको थिएन । विष्णुका पाँच छोरीमध्ये पम्फा साइँली हुन् ।

प्रतिक्रिया