काठमाडौं, ८ साउन । काठमाडौंको ठमेलस्थित पोतला गेष्ट हाउसबाट प्रहरीले एक करोड २७ लाख भन्दा बढि रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
विदेशी रकमको कारोवार गर्ने गरेको सूचनाका आधारमा गेष्ट हाउसमा छापामारेर किमटोल छाउनी घर भएका गेष्ट हाउसका संचालक ६२ बर्षीय लोप्साङ्ग लामा र कुष्णप्रसाद भन्ने निलकण्ठ वस्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला कोस्र्याङ–७ घर भएका वस्ती गेष्ट हाउसका मेनेजर समेत हुन् ।
गेष्ट हाउसको गोप्य कोठामा लुकाई राखिएको १ करोड २७ लाख ७९ हजार ४ सय ९० रुपियाँ सहित उनीहरु आइतबार पक्राउ परेका हुन् ।
उनीहरुले गेष्ट हाउसमा अवैधरुपमा विदेशी मुद्राको विनिमय तथा शंकास्पद कारोवार गर्ने गरेको प्रहरी भनाई छ ।
गेष्ट हाउस खानतलासीका क्रममा लुकाई राखेको भारतीय र अमेरीकन डलर समेत बरामद भएको छ ।
प्रतिक्रिया