संघको भेला आइतबार र सोमबार

काठमाडौं, ६ साउन । एमाले निकट यूवा संघ नेपालले कामचलाउ सरकार विरुद्धको आन्दोलनको तयारीका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
भोली आइतबार र सोमबार राजधानीमा हुने दोस्रो भेलालले संगठन सुदृढीकरण, सरकार विरुद्धको आन्दोलन लगायतमा निर्णय गर्ने संघका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।
भेलामा केन्द्रीय कमिटि, केन्द्रीय लेखा कमिटि, केन्द्रीय विभाग सचिव, अञ्चल कमिटि सचिव, अञ्चल महिला विभाग प्रमुख, जिल्ला कमिटिका अध्यक्षहरुको सहभागिता हुने छ ।

प्रतिक्रिया