सँधुवामा वेवारिसे शव

इलाम, १ साउन । दक्षिण इलामको दानावारी–९ स्थित सँधुवा खोलामा एक वेवारिसे पुरुषको शव फेला परेको छ ।
आज सोमबार विहान स्थानीय वासिन्दाले खिोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी दानावारीबाट घटनास्थल पुगेको प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय पुरुष खोलामा मृत अवस्थामा भेटिएका थियो ।
धेरै दिन अघि मृत्यूको शव भएकाले सडेर नचिनिने अवस्थामा शव रहेको प्रहरीले जनाएको छ । गन्जी लगाएका अवस्थामा मृत भेटिएका ती पुरुषको हालसम्म सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय इलामका इन्सपेक्टर गणेशप्रसाद बाँस्तोलाले बताए । उनका अनुसार शव धेरै नै सडेको र किरा परेको अवस्थामा रहेकाले खोलाबाट हाल सम्म पनि निकाल्न नसकिएको बाँस्तोलाले  जनाकारी दिएका छन् । शवलाई खोलाले बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया