दुईको मृत्यु, ३८ घाईते

नवलपरासी, १ साउन । गण्डाक नहरमा भएको बस दुघैट्नाको भोलीपल्ट नै नवलपरासीकै पुर्व पश्चिम राजमार्ग अन्तर्गते सुनवलमा आज साउन १ गते सोमबार विहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३८ जना घाइते भएका छन् । पश्मिवाट पूर्वतर्फ जांदै गरेको ना ३ ख ५०९० नम्वरको यात्रुवाहक वस र पूर्ववाट पश्चिम जादै गरेको ना ४ ख ११४१ ट्रिपर विहान ४ वजे तिर सुनवल चोकमा एक आपसमा ठक्कर खांदा उक्त दुर्घटना भएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ट्रिपरका चालक धादिङ्ग नौविसे–३ घर भएका ४५ वर्षीय पुरनप्रसाद पाठक र टिपरमा सवार कालिकोट पासाङ्ग–६ का ३० वर्षीय अनन्त अधिकारीको ज्यान गएको छ । वसमा सवार ३८ जना घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको लुम्विनी अञ्चल अस्पताल वुटवलमा उपचार भइरहेको छ । वसको गति अत्याधिक तिव्र भएकाले दुर्घटना भएको स्थानीयले वताएका छन्  । नवलपरासीकै त्रिवेणी स्थीत गण्डकनहरमा आइतवार  भएको बस दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया