यौनकालागि सकारात्मक सोच

मानिस स्वस्थ हुन ऊ हरेक तबरबाट तन्दुरुस्त हुन जरुरी छ । मानसिक र शारीरिक स्वस्थताले नै मानिसको समग्र स्वास्थ्यस्थितिको मूल्यांकन गर्छ । स्वास्थ्यका अनेक आयाममध्ये एक हो, यौन स्वास्थ्य । यौनस्वास्थ्यले त अझ सम्पूर्ण जीवनलाई नै प्रभाव पारिरहेको हुन्छ । व्यक्ति स्वस्थ हुन यौनका मामिलामा पनि स्वस्थ हुन आवश्यक छ । यहाँ स्वस्थ यौनजीवनका लागि आवश्यक पक्षबारे चर्चा गरिएको छ । यी पक्षमा ध्यान दिन सके दम्पत्ति या यौनसाथीबीच निम्तिने यौनसमस्या न्यूनीकरण हुन सक्छ ।
सेक्सको सम्बन्ध तनसँग मात्र नभएर मनसँग बढी जोडिएको हुन्छ । त्यसकारण आºनो मनलाई सकारात्मक र खुसी राख्नुहोस् । खुसीले यौन सम्बन्धलाई सुमधुर र सुदृढ गराउन सहयोग गर्दछ । जबसम्म मन सेक्सका लागि तयार हुँदैन तबसम्म शरीरले पनि सेक्सको इच्छा प्रकट गर्दैन । यसैले तन र मनको सन्तुलन मिलाउन आवश्यक छ ।
शरीरको समग्र स्वास्थ्यलाई जस्तै यौनस्वास्थ्यलाई पनि व्यायामले सहयोग पुर्‍याइरहेको हुन्छ । नियमित शारीरिक अभ्यासले यौन जीवनलाई आनन्ददायक बनाउँछ । विभिन्नखाले व्यायामले शरीरका सबै भागमा रक्तप्रवाह सुचारु गर्दछ । यसबाट इरेक्सनको समस्यामा कमी आउँछ । शारीरिक व्यायामबाट यौन मनोविज्ञानमा पनि सकारात्मक प्रभाव परेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
यौनस्वास्थ्यलाई सन्तुलित राख्न पौष्टिक आहार र भोजनमा सन्तुलन ल्याउन पनि उत्तिकै जरुरी छ । सेचुरेटेड ºयाट हुने आहारहरू खान हुँदैन । त्यसले मुटुमा समस्या ल्याउनुका साथै रक्तप्रवाहमा समेत बाधा पुर्‍याउँछ, जसले गर्दा यौनस्वास्थ्यमा पनि प्रभाव पर्छ । मौसमी फल एवं सब्जी सेवन गर्दा उचित हुन्छ । पानी पनि प्रचुर मात्रामा खानुपर्छ ।
मोटोपन, डाइबिटिज एवं कम्मरमा दर्द हुनेहरूको यौनजीवनमा समस्या आइरहेको हुन सक्छ । त्यस्ता बिरामीहरूले त्यस किसिमका रोगलाई हटाउन उपचार गरिहाल्न पर्दछ । मोटो व्यक्तिको शरीर यौनक्रियाका समयमा चाँडै थाक्ने हुन्छ । त्यसले उनीहरूलाई समस्यामा पारिरहेको हुन्छ । त्यस्तै डाइबिटिजका बिरामीलाई सेक्सको समयमा रिंगटा लाग्न सक्छ । कम्मरको पीडा भएको अवस्थामा पनि यौन सुख मिल्न सक्दैन । त्यसैले यी समस्याबाट छुटकारा पाएर मात्र यौन आनन्द लिन सकिन्छ ।

प्रतिक्रिया