गाउँलेले वन कर्मचारी कुटे

वीरगन्ज : क्रसर उद्योगका कर्मचारीलाई नियन्त्रणमा लिएको विरोधमा उत्रिएका बारा निजगढका स्थानीयले तामागढीस्थित इलाका वन कार्यालयका वन अधिकृतसहित ६ कर्मचारी कुटेका छन् ।
स्थानीयले वन कार्यालयमा समेत तोडफोड गरेका छन् । अविनाश क्रसर उद्योगका कर्मचारीलाई वन कार्यालयले नियन्त्रणमा लिएको विरोधमा निजगढका स्थानीयले वन कर्मचारी कुटेका हुन् । इलाका वन अधिकृत भक्तबहादुर लामा, कर्मचारी शम्भुप्रसाद जयसवाल, राआश्रय रामसहित ६ जना कुटिएका हुन् । निजगढमा रहेको अविनास क्रसर उद्योगले राष्ट्रिय वनअन्तर्गत पर्ने बकैया खोलाबाट अवैधरूपमा ढुंगाबालुवा उत्खनन गरेको भन्दै वन कार्यालयले शनिबार बिहान एक्साभेटर र चालकलाई नियन्त्रणमा लिएको थियो ।
स्थानीयले बकैया खोला नियन्त्रणका लागि तटबन्ध निर्माणमा प्रयोग भइरहेको एक्साभेटर र चालकलाई अनाहकमा वन कार्यालयले नियन्त्रणमा लिएको आरोप लगाएका छन् । वन कार्यालयका प्रमुख साहले भने तटबन्ध बनाउने बहानामा अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरेकाले क्रसर उद्योगका कर्मचारी चौधरीलाई नियन्त्रणमा लिएको बताए । (सौस)

प्रतिक्रिया