काठमाडौं, ३१ असार । चौथो इन्डो–नेपाल सोतोकान कराते प्रतियोगितामा नेपाल लगातार तेस्रोपटक च्याम्पियन बनेको छ । कुल ४६ स्वर्णमध्ये सर्वाधिक ३२ स्वर्ण जित्दै नेपालले उपाधिमाथि हयाट्रिक गरेको हो । पहिलो संस्करणमा भारत पहिलो भएको थियो । उक्त प्रतियोगितामा १४ स्वर्ण जितेको भारत दोस्रो भयो ।
नेपाल सोतोकान कराते संघ (एसकेआई) द्वारा आयोजित प्रतियोगिताको पुरुषमा भारतका जगजित सिंह तथा महिलामा नेपालकी आशा श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको ९ वर्षमुनि पुरुषको २५ केजीमा भारतका अभयजित सिंह, ३० केजीमा भारतका शान्तानु तथा ३० केजीमाथि भारतका अविनाश वैस पहिलो भए ।
१२ वर्षमुनि पुरुषको २५ केजीमुनि नेपालका नवीन पुन, ३० केजीमा भारतका करणवीर, ३५ केजीमा नेपालका सुनील घले, ४० केजीमा भारतका अमित गिल, ४५ केजीमा नेपालका काल्स शर्मा तथा ४५ केजीमाथि भारतका अनमोलदीप सिंहले शीर्षस्थान हात पारे ।
१६ वर्षमुनिको ३५ केजीमुनि नेपालका आशीष पाल, ४० केजीमा नेपालका सविन पाण्डे, ४५ केजीमा नेपालका आकाश पाल, ५० केजीमा नेपालका सुजन घले, ५५ केजीमा नेपालका निराजन मगर, ६० केजीमा नेपालका डिकेश महर्जन, ६५ केजीमा भारतका मेहकदीप सिंह तथा ६५ केजीमाथि नेपालका रिचर्ड राईले स्वर्ण चुमे ।
१६ वर्षमाथि पुरुषको ५० केजीमुनि नेपालका अविन नकर्मी, ५५ केजीमा नेपालका शैलेश राई, ६० केजीमा नेपालका शुभ थापा, ६५ केजीमा नेपालका पारस छन्त्याल, ७० केजीमा नेपालका दिनेश महर्जन तथा ७० केजीमाथि भारतका सफ्वानले पहिलो स्थान हात पारे ।
९ वर्षमुनि महिलाको २० केजीमुनि नेपालकी सनी तामाङ, २५ केजीमा नेपालकी अनुष्का पन्त तथा ३० केजीमा नेपालकी अनुष्का थापा पहिलो भए । १२ वर्षमुनि महिलाको २५ केजीमुनि नेपालकी सुस्मिता तामाङ, ३० केजीमा नेपालकी समृद्धि अर्याल तथा ३५ केजीमा नेपालकी अपेक्षा बेल्बासे पहिलो भए । १६ वर्षमुनि महिलाको ४५ केजीमा नेपालकी करुणा महर्जन, ५० केजीमा नेपालकी सुरक्षा पाल, ५५ केजीमा नेपालकी रेखा तामाङ तथा ६० केजीमा नेपालकी अस्मिला छन्त्यालले शीर्षस्थान पाए ।
विजेतालाई राखेपका पूर्वसदस्य–सचिव केशव स्थापित, नेपाल कराते डो महासंघ एवं नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा नेपालका २ सय ५१ तथा भारतका ६५ गरी कुल ३ सय १६ खेलाडीले ४६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया