कसले बोलाएको हो राजालाई ?

नेपालको राजनीति अहिले सहमति र विमतिको गोलचक्करमा रुमल्लिइरहेको छ । बिहान सहमतिको निम्ति भन्दै प्रमुख राजनीतिक दलका नेताहरू बैठकमा बस्छन् र बेलुका विमति भएको खबरसँगै बाहिरिन्छन् । चार वर्षमा पनि संविधान निर्माण नगरी विघटन भएको संविधानसभामा प्रतिनिधित्व गर्ने दलको नेतृत्व जुकाको मुखमा नुन परेको झैँ मुर्झाएका छन् । सत्ताधारी दलमध्येको एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक विभाजन भएर अर्को दुइटा दल बढेको छ । उनीहरू पनि विपक्षी मोर्चामा मिलेर सत्ताधारीलाई धारे हात लाउँदैछन् । संविधान नबनेको दोष एक अर्कोलाई लगाउँदै आफू निर्दोष भएको सावित गर्ने नाटकमा प्रमुख दलका मुख्य पात्रहरू प्रतिस्पर्धा गर्दै छन् । राज्यको ढुकुटीबाट अर्बाैं रुपैयाँ सिध्याएर पनि संविधान निर्माण गर्न असमर्थ भएकामा यिनीहरूमा रत्तिभर पनि हीनताबोध देखिँदैन ।
एमालेले दुईपटक र एमाओवादीले दुईपटक गरी चारवटा सरकार व्यहोरी सक्दा पनि नेपाली जनताको अवस्थामा कुनै सुधार आउन सकेको छैन । झन् महिनैपिच्छे वृद्धि हुने महँगीले नेपाली जनताको जीवनमा संकट थोपरेको छ । मुलुकको कुनै पनि क्षेत्रमा राज्यको उपस्थितिको अनुभव नेपाली जनताले गर्न पाएका छैनन् । भ्रष्टाचारले देश खर्लप्पै खाइसकेको छ । वैदेशिक हस्तक्षेपले मुलुकको अस्तित्वलाई नै चुनौती प्रदान गरिरहेको छ । राज्य पुन:संरचनाको नाममा भएको गतिविधिले देशभक्त नेपालीको छातीभित्र डढेलो सल्काइदिएको छ । दलको नेतृत्वको अक्षमताले मुलुक अहिले विखण्डन र विसर्जनको दिशामा गइरहेको छ । जाति र भाषाको आधारमा आत्मनिर्णयसहितको राज्य निर्माणको चर्चाले मुलुकमा चौतर्फी तरंग पैदा गरेको छ । राष्ट्रलाई वर्तमान अन्योलताबाट निकास दिने सन्दर्भमा राजनीतिक दलहरूबाट अन्धोले हात्ती छामेको शैलीमा विधिहरूको घोषणा भइरहेको छ । यस्तो अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक यात्राको नाममा पश्चिमाञ्चलतिर आºनो पक्षका जनताको स्वागत ग्रहण गर्न पुगे । त्यतातिरका जनसमूहको न्यानो स्वागत प्राप्त भएपछि पूर्वराजाले पनि वर्तमान निकम्मा राजनीतिक नेतृत्वलाई त्यतैबाट झटारो हान्न भ्याएका छन् । परम्परागत शक्तिको नेतृत्वमा मात्र देशमा शान्ति आउने उद्घोष गर्दै गरेका पूर्वराजाले दलहरूले आफूलाई धोका दिएको र ऐन मौकामा गोप्य सम्झौताको तमसुक जनसमक्ष ल्याउने धम्कीसमेत दिन पुगे ।
‘धापमा फसेको हात्तीलाई झिंगाले पनि लात मार्छ’ भन्ने एउटा कहावत छ । अहिले नेपालको राजनीतिक नेतृत्व रतन्धो लागेको मान्छेझैँ चौबाटोमा थला परेर बसेको छ । संविधानसभामार्फत संविधान दिन नसकेपछि ‘किन रोइस् मंगले आºनै ढंगले’ भन्ने उखान चरितार्थ गर्न पुगेका छन् । दिउँसै सोमरस तानेर बाटोमा सुत्ने, रातोपास पोर्ट बेच्ने, अरूलाई जागिर मिलाइदिने नाममा भ्रष्टाचार गर्ने, मान्छे मारेको अभियोगमा अदालतले सर्वस्वसहित आजीवन काराबास तोकिएको अभियुक्तहरूलाई कारबाही गर्नुको अलावा बाख्राको पाठो च्यापेझैँ च्यापेर राख्ने राजनीतिक दलको नेतृत्वलाई नेपाली जनताले आ–आºनो मापदण्डअनुसार नापिसकेकै हो । दिनहीन, दलित नेपाली जनताको भविष्य निर्माण गरिदिन्छन् कि भन्ने आशामा पटकपटकका जनआन्दोलनमा नेपाली जनताले सघाएका थिए । तर, ‘जुन जोगी आए नि कानै चिरेको’ भनेझैँ फरक–फरक अनुहारमा पुरानै प्रवृत्ति बोकेका तिनै रक्तपिपासुहरू मात्र हाजिर भए । जुनसुकै राजनीतिक दलको नेतृत्वमा सरकार बने पनि नेपाली जनताका आधारभूत आवश्यकता पूरा भएनन् । राष्ट्र निर्माणको पूर्वाधार निर्माण गर्नेभन्दा पनि भ्रष्टाचारी, तस्करी, गुन्डा, असामाजिक तत्त्वको निर्देशनमा सत्ता हिँड्यो । यही नालायक नेतृत्वले जनताको दैनिक जीवनमा प्रतिकूल असर पारेको छ । यही नालायकीपनका कारण प्रतिगमनकारी तत्त्वलाई बोल्ने मौका मिलेको र यिनैले मलजल गरेको कुरा घामजत्तिकै प्रस्ट छ ।
जनआन्दोलन ०६२/६३ मा गणतन्त्रको मुद्दा उठान नभए पनि संविधानसभाको पहिलो बैठकले गरेको निर्णयबाट मुलुक गणतन्त्रमा प्रवेश गरेको हो । १९ जेठ ०५८ को दरबार हत्याकाण्डपछि मुलुकमा परम्परागत राजसंस्थाको अन्त्य भएको हो । विधि प्रक्रिया मिले नमिलेको जे भए पनि मुलुक ढिलो चाँडो ऐन मौकामा धर्म निरपेक्षता र गणतन्त्रमा प्रवेश नगरी नेपाली जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न सक्ने थिएनन् । संवैधानिक राजतन्त्रमा राजाले गल्ती गर्दैन भन्ने मान्यताबाट निर्देशित हुनुपर्ने हो तर नेपालका राजाले पटकपटक नेपाली जनताको अधिकारमाथि धावा बोलिरहेकाले पनि उनका विरुद्ध नेपाली लागे । राजसंस्था भनेको सामन्तवादको नेतृत्वदायी संस्था हो । प्रगतिशील परिवर्तनकामी शक्तिले जहिले पनि राजसंस्थाको अन्त्यको अपेक्षा गरेको हुन्छ । राजाको नेतृत्वमा रहेको सामन्तवादको अन्त्यसँगै राजसंस्थाको पनि अन्त्य हुनु स्वाभाविक नै हो । तर, अहिले चिन्ताको विषय आन्दोलनकारी शक्तिहरूको अकर्मण्यता, अक्षमता र असफलताले त्यही सामन्तवादी शक्ति टाउको उठाउँदैछ । जसको पृष्ठभूमि ठूला दलका शीर्ष नेताहरूले तयार गरिदिएका हुन् । नेपाली जनताको जीवनस्तर उकास्ने र राष्ट्रलाई समृद्ध बनाउने कार्ययोजनाका साथ लाग्नुपर्ने दायित्व बोकेका दलका नेताहरूले गरेका ऐतिहासिक गल्तीहरूमाथि टेकेर गद्दी त्याग गरिसकेका राजा फेरि गद्दीमा बस्ने लालसा प्रदर्शन गरिरहेका छन् । जनआन्दोलन ०६२/६३ सम्पन्न भएर मुलुकलाई अग्रगामी बाटोमा प्रवेश गराउनुपर्ने बेलामा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला बेबी किङको भजन गाइरहेका थिए भने माओवादी नेता बाबुराम भट्टराई सांस्कृतिक राजाको ढ्वांग फुक्दै थिए । त्यसैगरी माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रलाई असाध्यै माया गर्ने राष्ट्रवादी जमात तिनै सामन्ती राजावादी मण्डलेहरूको बीचमा देखिरहेका थिए ।
मुलुकलाई परिवर्तनको दिशामा नलाने जनआन्दोलनबाट स्थापित भनिएको राजनीतिक नेतृत्व पनि तिनै हिजोका भ्रष्टाचारी, तस्करी, गुन्डा, कालाबजारी, ज्यानमाराहरूसँग साँगगाँठ गर्न पुगे । नेपाली जनतालाई रोग, भोक, शोकबाट मुक्ति दिलाउन कुनै पहलकदमी भएन । उनीहरूले जनतालाई दु:खको खाडलमा धकेल्ने काम गरेपछि जनताले मात्र यस्ता नालायक नेतृत्वको निम्ति किन सधैँ आºनो इच्छा आकांक्षालाई तिलाञ्जली दिइरहनुपर्‍यो ? नेपाली जनताले आºनो रगत बगाएर ल्याएको संविधानसभालाई विनाउपलब्धि अवसान हुने ठाउँमा पुर्‍याउने काम गरेपछि फेरि कुन आधारमा यस्ता बेकम्मा राजनीतिक नेतृत्वलाई नेपाली जनताले बोक्नुपर्‍यो ? अग्रगामी संविधान बनाउने नाममा मुलुकलाई सधैँका लागि जातीय द्वन्द्वमा फसाउने कुचेष्टा बोकेर हिँडेपछि कसरी बन्छ संविधान ? नेपाली जनताले जातीय राज्यको माग गरेका थिएनन् । नेपाली जनतालाई गरिबीबाट मुक्ति चाहिएको थियो । भोक, रोग, शोकबाट मुक्ति चाहिएको थियो । एउटै केन्द्रीय राज्यसत्ता व्यवस्थित ढंगले चलाउन नसकेको देखेका जनताले दर्जनौंको संख्याको जातीय राज्यको परिकल्पना गरेका पनि थिएनन् । तर, दास मनोवृत्ति बोकेको नेपालको राजनीतिक नेतृत्वले नेपाली जनतालाई सुख, शान्ति, समृद्धि दिनेभन्दा विदेशीको दलाली गर्नु नै पहिलो कर्तव्य ठान्यो । आºनो विवेकलाई डलरमा बन्दकी राखेका कारणले नेपाली जनताले नयाँ अग्रगामी प्रगतिशील संविधान देख्न पाएन ।
अहिले आएर गद्दीच्युत बनेका राजाले आफूले छाडेर गएको गद्दीको सपना देखेर ब्युँझेका छन् । राजालाई त्यो सपना देख्ने वातावरण यिनै असफल राजनीतिक नेतृत्वले बनाइदिएका हुन् । यिनीहरूको सत्ताकेन्द्रित राजनीतिले मुलुकलाई अनिर्णयको बन्दी बनायो । नेपाली जनताको मनबाट राजनीतिक दलहरूप्रतिको आस्थालाई मेटाउने काम गर्‍यो । राज्यको ढुकुटी रित्याउने काम गरे । सफल शासनको अनुभूति नदिएर मुलुकलाई गुन्डाराजमा परिणत गरे । राज्यमा चौतर्फी दण्डहीनताको अवस्था सिर्जना गरे । सत्तामा पुग्नेहरूले शक्तिको दुरुपयोग गरे । यिनै कारणले मुलुकमा प्रतिगमनकारी तत्त्वहरू सलबलाउन पुगे । लोकतान्त्रिक गणतन्त्रवादी भनाउदाहरूले आºनो नैतिक बल गुमाएपछि राजतन्त्रवादीहरूले टाउको उठाउनु स्वाभाविकै हो । आºनो घरको ढोकामा ताल्चा नमारेपछि चोर लाग्छ भन्ने एउटा सामान्य ज्ञान पनि नभएकाहरूले भन्ने गरेको नयाँ नेपाल कस्तो होला भन्ने अब आशा नगरे पनि भयो ।

नेपालको राजनीति अहिले सहमति र विमतिको गोलचक्करमा रुमल्लिइरहेको छ । बिहान सहमतिको निम्ति भन्दै प्रम’ख राजनीतिक दलका नेताहरू बैठकमा बस्छन् र बेल’का विमति भएको खबरसँगै बाहिरिन्छन् । चार वर्षमा पनि संविधान निर्माण नगरी विघटन भएको संविधानसभामा प्रतिनिधित्व गर्ने दलको नेतृत्व जुकाको म’खमा न’न परेको झैँ म’र्झाएका छन् । सत्ताधारी दलमध्येको एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक विभाजन भएर अर्को द’इटा दल बढेको छ । उनीहरू पनि विपक्षी मोर्चामा मिलेर सत्ताधारीलाई धारे हात लाउँदैछन् । संविधान नबनेको दोष एक अर्कोलाई लगाउँदै आप”m निर्दोष भएको सावित गर्ने नाटकमा प्रम’ख दलका म’ख्य पात्रहरू प्रतिस्पर्धा गर्दै छन् । राज्यको ढ′क’टीबाट अर्बाैं रुपैयाँ सिध्याएर पनि संविधान निर्माण गर्न असमर्थ भएकामा यिनीहरूमा रत्तिभर पनि हीनताबोध देखिँदैन ।
एमालेले द’ईपटक र एमाओवादीले द’ईपटक गरी चारवटा सरकार व्यहोरी सक्दा पनि नेपाली जनताको अवस्थामा क’नै स’धार आउन सकेको छैन । झन् महिनैपिच्छे वृद्धि हुने महँगीले नेपाली जनताको जीवनमा संकट थोपरेको छ । म’लुकको क’नै पनि क्षेत्रमा राज्यको उपस्थितिको अन’भव नेपाली जनताले गर्न पाएका छैनन् । भ्रष्टाचारले देश खर्लप्पै खाइसकेको छ । वैदेशिक हस्तक्षेपले म’लुकको अस्तित्वलाई नै च’नौती प्रदान गरिरहेको छ । राज्य प’न:संरचनाको नाममा भएको गतिविधिले देशभक्त नेपालीको छातीभित्र डढेलो सल्काइदिएको छ । दलको नेतृत्वको अक्षमताले म’लुक अहिले विखण्डन र विसर्जनको दिशामा गइरहेको छ । जाति र भाषाको आधारमा आत्मनिर्णयसहितको राज्य निर्माणको चर्चाले म’लुकमा चौतर्फी तरंग पैदा गरेको छ । राष्ट्रलाई वर्तमान अन्योलताबाट निकास दिने सन्दर्भमा राजनीतिक दलहरूबाट अन्धोले हात्ती छामेको शैलीमा विधिहरूको घोषणा भइरहेको छ । यस्तो अवस्थामा प”र्वराजा ज्ञानेन्द्र शाह धार्मिक यात्राको नाममा पश्चिमाञ्चलतिर आºनो पक्षका जनताको स्वागत ग्रहण गर्न प’गे । त्यतातिरका जनसम”हको न्यानो स्वागत प्राप्त भएपछि प”र्वराजाले पनि वर्तमान निकम्मा राजनीतिक नेतृत्वलाई त्यतैबाट झटारो हान्न भ्याएका छन् । परम्परागत शक्तिको नेतृत्वमा मात्र देशमा शान्ति आउने उद्घोष गर्दै गरेका प”र्वराजाले दलहरूले आप”mलाई धोका दिएको र ऐन मौकामा गोप्य सम्झौताको तमस’क जनसमक्ष ल्याउने धम्कीसमेत दिन प’गे ।
‘धापमा फसेको हात्तीलाई झिंगाले पनि लात मार्छ’ भन्ने एउटा कहावत छ । अहिले नेपालको राजनीतिक नेतृत्व रतन्धो लागेको मान्छेझैँ चौबाटोमा थला परेर बसेको छ । संविधानसभामार्फत संविधान दिन नसकेपछि ‘किन रोइस् मंगले आºनै ढंगले’ भन्ने उखान चरितार्थ गर्न प’गेका छन् । दिउँसै सोमरस तानेर बाटोमा स’त्ने, रातोपास पोर्ट बेच्ने, अरूलाई जागिर मिलाइदिने नाममा भ्रष्टाचार गर्ने, मान्छे मारेको अभियोगमा अदालतले सर्वस्वसहित आजीवन काराबास तोकिएको अभिय’क्तहरूलाई कारबाही गनर्’को अलावा बाख्राको पाठो च्यापेझैँ च्यापेर राख्ने राजनीतिक दलको नेतृत्वलाई नेपाली जनताले आ–आºनो मापदण्डअन’सार नापिसकेकै हो । दिनहीन, दलित नेपाली जनताको भविष्य निर्माण गरिदिन्छन् कि भन्ने आशामा पटकपटकका जनआन्दोलनमा नेपाली जनताले सघाएका थिए । तर, ‘ज’न जोगी आए नि कानै चिरेको’ भनेझैँ फरक–फरक अन’हारमा प’रानै प्रवृत्ति बोकेका तिनै रक्तपिपास’हरू मात्र हाजिर भए । ज’नस’कै राजनीतिक दलको नेतृत्वमा सरकार बने पनि नेपाली जनताका आधारभ”त आवश्यकता प”रा भएनन् । राष्ट्र निर्माणको प”र्वाधार निर्माण गर्नेभन्दा पनि भ्रष्टाचारी, तस्करी, ग’न्डा, असामाजिक तत्त्वको निर्देशनमा सत्ता हिँड्यो । यही नालायक नेतृत्वले जनताको दैनिक जीवनमा प्रतिक”ल असर पारेको छ । यही नालायकीपनका कारण प्रतिगमनकारी तत्त्वलाई बोल्ने मौका मिलेको र यिनैले मलजल गरेको क’रा घामजत्तिकै प्रस्ट छ ।
जनआन्दोलन ०६२/६३ मा गणतन्त्रको म’द्दा उठान नभए पनि संविधानसभाको पहिलो बैठकले गरेको निर्णयबाट म’लुक गणतन्त्रमा प्रवेश गरेको हो । १९ जेठ ०५८ को दरबार हत्याकाण्डपछि म’लुकमा परम्परागत राजसंस्थाको अन्त्य भएको हो । विधि प्रक्रिया मिले नमिलेको जे भए पनि म’लुक ढिलो चाँडो ऐन मौकामा धर्म निरपेक्षता र गणतन्त्रमा प्रवेश नगरी नेपाली जनताले राजनीतिक परिवर्तनको अन’भ”ति गर्न सक्ने थिएनन् । संवैधानिक राजतन्त्रमा राजाले गल्ती गर्दैन भन्ने मान्यताबाट निर्देशित ह’नुपर्ने हो तर नेपालका राजाले पटकपटक नेपाली जनताको अधिकारमाथि धावा बोलिरहेकाले पनि उनका विरुद्ध नेपाली लागे । राजसंस्था भनेको सामन्तवादको नेतृत्वदायी संस्था हो । प्रगतिशील परिवर्तनकामी शक्तिले जहिले पनि राजसंस्थाको अन्त्यको अपेक्षा गरेको ह’न्छ । राजाको नेतृत्वमा रहेको सामन्तवादको अन्त्यसँगै राजसंस्थाको पनि अन्त्य ह’न’ स्वाभाविक नै हो । तर, अहिले चिन्ताको विषय आन्दोलनकारी शक्तिहरूको अकर्मण्यता, अक्षमता र असफलताले त्यही सामन्तवादी शक्ति टाउको उठाउँदैछ । जसको पृष्ठभूमि ठूला दलका शीर्ष नेताहरूले तयार गरिदिएका ह’न् । नेपाली जनताको जीवनस्तर उकास्ने र राष्ट्रलाई समृद्ध बनाउने कार्ययोजनाका साथ लाग्न’पर्ने दायित्व बोकेका दलका नेताहरूले गरेका ऐतिहासिक गल्तीहरूमाथि टेकेर गद्दी त्याग गरिसकेका राजा फेरि गद्दीमा बस्ने लालसा प्रदर्शन गरिरहेका छन् । जनआन्दोलन ०६२/६३ सम्पन्न भएर म’लुकलाई अग्रगामी बाटोमा प्रवेश गराउन’पर्ने बेलामा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला बेबी किङको भजन गाइरहेका थिए भने माओवादी नेता बाब’राम भट्टराई सांस्कृतिक राजाको ढ्वांग प’mक्दै थिए । त्यसैगरी माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रलाई असाध्यै माया गर्ने राष्ट्रवादी जमात तिनै सामन्ती राजावादी मण्डलेहरूको बीचमा देखिरहेका थिए ।
म’लुकलाई परिवर्तनको दिशामा नलाने जनआन्दोलनबाट स्थापित भनिएको राजनीतिक नेतृत्व पनि तिनै हिजोका भ्रष्टाचारी, तस्करी, ग’न्डा, कालाबजारी, ज्यानमाराहरूसँग साँगगाँठ गर्न प’गे । नेपाली जनतालाई रोग, भोक, शोकबाट म’क्ति दिलाउन क’नै पहलकदमी भएन । उनीहरूले जनतालाई द’:खको खाडलमा धकेल्ने काम गरेपछि जनताले मात्र यस्ता नालायक नेतृत्वको निम्ति किन सधैँ आºनो इच्छा आकांक्षालाई तिलाञ्जली दिइरहन’पर्‍यो ? नेपाली जनताले आºनो रगत बगाएर ल्याएको संविधानसभालाई विनाउपलब्धि अवसान ह’ने ठाउँमा प’र्‍याउने काम गरेपछि फेरि क’न आधारमा यस्ता बेकम्मा राजनीतिक नेतृत्वलाई नेपाली जनताले बोक्न’पर्‍यो ? अग्रगामी संविधान बनाउने नाममा म’लुकलाई सधैँका लागि जातीय द्वन्द्वमा फसाउने क’चेष्टा बोकेर हिँडेपछि कसरी बन्छ संविधान ? नेपाली जनताले जातीय राज्यको माग गरेका थिएनन् । नेपाली जनतालाई गरिबीबाट म’क्ति चाहिएको थियो । भोक, रोग, शोकबाट म’क्ति चाहिएको थियो । एउटै केन्द्रीय राज्यसत्ता व्यवस्थित ढंगले चलाउन नसकेको देखेका जनताले दर्जनौंको संख्याको जातीय राज्यको परिकल्पना गरेका पनि थिएनन् । तर, दास मनोवृत्ति बोकेको नेपालको राजनीतिक नेतृत्वले नेपाली जनतालाई स’ख, शान्ति, समृद्धि दिनेभन्दा विदेशीको दलाली गनर्’ नै पहिलो कर्तव्य ठान्यो । आºनो विवेकलाई डलरमा बन्दकी राखेका कारणले नेपाली जनताले नयाँ अग्रगामी प्रगतिशील संविधान देख्न पाएन ।
अहिले आएर गद्दीच्य’त बनेका राजाले आप”mले छाडेर गएको गद्दीको सपना देखेर ब्य’ँझेका छन् । राजालाई त्यो सपना देख्ने वातावरण यिनै असफल राजनीतिक नेतृत्वले बनाइदिएका ह’न् । यिनीहरूको सत्ताकेन्द्रित राजनीतिले म’लुकलाई अनिर्णयको बन्दी बनायो । नेपाली जनताको मनबाट राजनीतिक दलहरूप्रतिको आस्थालाई मेटाउने काम गर्‍यो । राज्यको ढ′क’टी रित्याउने काम गरे । सफल शासनको अन’भ”ति नदिएर म’लुकलाई ग’न्डाराजमा परिणत गरे । राज्यमा चौतर्फी दण्डहीनताको अवस्था सिर्जना गरे । सत्तामा प’ग्नेहरूले शक्तिको द’रुपयोग गरे । यिनै कारणले म’लुकमा प्रतिगमनकारी तत्त्वहरू सलबलाउन प’गे । लोकतान्त्रिक गणतन्त्रवादी भनाउदाहरूले आºनो नैतिक बल ग’माएपछि राजतन्त्रवादीहरूले टाउको उठाउन’ स्वाभाविकै हो । आºनो घरको ढोकामा ताल्चा नमारेपछि चोर लाग्छ भन्ने एउटा सामान्य ज्ञान पनि नभएकाहरूले भन्ने गरेको नयाँ नेपाल कस्तो होला भन्ने अब आशा नगरे पनि भयो ।

 

प्रतिक्रिया