वैद्य चीनतिर

काठमाडौं, ३१ असार । नवगठित दल नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य १० दिने चीन भ्रमणमा आइतबार जाँदै छन् । एमाओवादीबाट विभाजनपछि अध्यक्ष वैद्य आइतबार चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेका हुन् ।
माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार वैद्यका साथमा पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देल पनि जानेछन् । भ्रमणका क्रममा वैद्यले चिनियाँ सरकारी अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणले दुई पार्टीबीचको सम्बन्ध र दुई देशका जनतामा सम्बन्ध वृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास प्रवक्ता भुसालले व्यक्त गरिन् । केही समयअघि नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका उपविदेशमन्त्री आई पिङले वैद्यलाई चीन भ्रमणको निम्तो दिएका थिए ।

प्रतिक्रिया