विस्तारित बैठकमा एक करोड खर्च हुने

काठमाडौ ३० असार । असार–१ गते बाट राजधानीमा सुरु हुने विस्तारित बैठकमा एक करोड रुपियाँ खर्च हुने एमाओवादीले जनाएको छ ।
बैठक मुल आयोजक समितिका संयोजक तथा स्थायी समिति सदस्य कृष्णबहादुर महराले आज पार्टी मुख्यलय कोटेश्वरमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएका हुन् । उनले भने, ‘वितस्तारित बैठकमा एक करोड खर्च हुने अनुमान गरेका छौं ।’
सो रकम एमाओवादीले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग उठाउने जनाएको छ ।
असार–१ गतेबाट एमाओवादीको सातौं विस्तारित बैठक काठमाडौंको भृकुटीमण्डमा सुरु हुँदैछ । सो बैठकको सम्पूर्ण तयारी पुरा भएको पनि महराले जानकारी दिए ।
बैठकमा करिव पाँच हजार कार्यकर्ता सहभागी हुने छन् । बैठकका लागि हल व्यवस्थापन, आवास, यातायात, सुरक्षा, प्रचार–प्रसार, आन्तरिक, आर्थिक, स्वास्थ्य तथा सरसफाई गरि आठ वटा उप–समिति गठन गरिएको छ ।
केन्द्रीय सदस्य राई मुलु पार्टीमा फर्किए
यसैवीच, एकीकृत माओवादी फुट्दा नेकपा–माओवादीमा गएका केन्द्रीय सदस्य कृष्णकुमार राई मुल पार्टीमै फर्केका छन् ।
उनले आज राजधानीमा पत्रकार सम्मेलन गरेर नेकपा–माओवादी परित्याग गरेको घोषणा गरे । उनले भने, ‘पुरानै पार्टी एमाओवादीमा फर्किएको छु ।’
केन्द्रीय सदस्य राई नवजनवादी मोर्चाबाट एमाओवादीमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया