मकवानपुरमा आमा र छोरीको हत्या

हेटौंडा,२९ असार । मकवानपुरको भैंसे गाविस–३, कालीटारमा अज्ञात लुटेरा समूहले आमा र छोरीको हत्या गरि धनमाल लुटपाट गरेको छ ।
आज विहान करिव २ बजेको समयमा आएका लुटेराले ज्ञानबहादुर थापा मगरको घरमा लुटपाट गर्नुका साथ उनीकी पत्नी गंगामाया र छोरी लक्ष्मी थापाको हत्या गरेका हुन् ।
दुई फरक/फरक कोठामा सुतेका आमा र छोरीको हात खुट्टासलले बाँधेर मुखमा कपडा कोचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बिहानसम्म घरको ढोका नखुले पछि थापाका आफन्तले घरमा के भएको छ भनी हेर्न जाँदा आमा र छोरीको हत्या भएको देखिएको स्थानीय शिब थापाले जानकारी दिए । थापका अनुसार उनीहरुको हत्या रुपियाँ र व्यक्तिगत दुस्मनीका कारण भएको हुन सक्ने अनुमान गरे ।
आमा र छोरीको हत्या हुनु पूर्व लुटेराले उनीहरुलाई निर्ममताका साथ कुटपिट गरेको घटना प्रकृतिले देखाएको प्रहरीको भनाई छ । ओछ्यान र सिरानीमा लागेको रगतका आधारमा प्रहरीले यस्तो दाबी गरेको हो ।
लुटपाट कति भयो भन्ने विवरण थाहा नभएको मकपानपुरका प्रहरी प्रमुख एसपी पूर्णचन्द्र जोशीले बताए ।
लुटपाटका क्रममा दराज फोडिएको, लत्ताकपडा यत्रतत्र फ्याकिएको र सुन राख्नका लागि प्रयोग हुने बाकस खाली रहेको उनले बताए ।
त्रिभुवन राजपथसँगै जोडिएको सो घरमा सामान्य खाजा र किराना पसल सञ्चालनमा थियो ।
प्रहरीले स्थानीय र छोरा तुल्सी थापाको बयानका आधारमा केहि व्यक्तिमाथि आशंका गरेको छ ।

प्रतिक्रिया