भानुले नेपाली भाषालाई सम्पर्क भाषा बनाए

काठमाडौं, २९ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको भाषा संस्कृतिको विकासमा सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
नेपालको भाषा, संस्कृति संसारकै मौलिक र पुरानो भएकाले यसको जगर्ने गर्नु सरकार र नेपाली जनताको दायित्व भएको उनले स्पष्ट पारे ।
आदिकवि भानुभक्त आचार्यको १ सय ९९ औं जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले भानुभक्तले नेपाली भाषलाई सम्पर्क भाषाका रूपमा विस्तार गरेको बताए ।

प्रतिक्रिया