काठमाडौं, २९ असार । नेपाल सरकारका १२ सचिव मुख्यसचिवका लागि लबिङ गर्दै प्रधानमन्त्री तथा दलका नेताहरूको ढोका चहार्न थालेका छन् । मुख्यसचिव माधवप्रसाद घिमिरेको म्याद सकिन २५ दिन मात्र बाँकी छ ।
मुख्यसचिवको दौडमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लीलामणि पोखरेल, निर्वाचन आयोगका शंकरप्रसाद कोइराला, महिला बालबालिका मन्त्रालयका बालानन्द पौडेल, उद्योगका उमाकान्त झा, राष्ट्रपति कार्यालयका वामनप्रसाद न्यौपाने, गृहका सुशीलजंग राणा, सञ्चारका अवनिन्द्र श्रेष्ठ, सहरी विकासका ताना गौतम, सिँचाइकी बिन्द्रा हाडा, लोकसेवा आयोगका श्याम मैनाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भगवतीकुमार काफ्ले र संयुक्त राष्ट्रसंघको नेपाल प्रतिनिधि ज्ञानचन्द्र आचार्य छन् ।
निजामती प्रशासनको नेतृत्व हत्याउनका लागि प्रधानमन्त्री, मन्त्रीका साथै राजनीतिक दलका नेतासँग लबिङ गरेको उनीहरू स्वयंले स्विकारे । आफू मुख्यसचिवको ‘कडा प्रतिस्पर्धी’ भएकाले दाबी प्रस्तुत गरिरहेको उद्योग सचिव उमाकन्त झाले बताए । ‘मैले आºनो योग्यताबारे प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेतालाई जानकारी गराएको छु,’ सचिव झाले सौर्यसँग भने, ‘उहाँहरू सबैले सकारात्मक रूपमा लिनुभएको छ, हेराँै के हुन्छ ।’
मुख्यसचिव बन्न प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलको सहयोगको खाँचो हुने सचिव झाको भनाइ छ । उनले भने, ‘सरकारमा सहभागी मधेसी केन्द्रित राजनीतिक दल तथा माओवादी, कांग्रेस, एमालेलगायत दलका नेता सकारात्मक नै हुनुहुन्छ ।’ आजसम्म मधेसीमूलका नेता मुख्यसचिव नभएकाले आºनो सम्भावना बढी रहेको पनि उनले जिकिर गरे । ‘म इन्जिनियरिङ क्षेत्रबाट आएको र आहिलेसम्म सक्षम रूपमा नेतृत्व सम्हालेकाले पनि मेरो सम्भावना बलियो छ,’ उनले थपे, ‘प्रधानमन्त्री पनि इन्जिनियरिङ क्षेत्रका व्यक्ति भएकाले उहाँ मेरो बारेमा सकारात्मक हुनुहुन्छ जस्तो पाएको छु ।’
सिँचाइसचिव बिन्द्रा हाडाले पनि मुख्यसचिवका लागि प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेताहरूसँग आºनो दाबी प्रस्तुत गरेको बताइन् । उनले भनिन्, ‘म नेताहरूको दैलोमा चाहिँ पुगेको छुइन तर अनुकूल मिलेको बेलामा आºनो दाबी प्रस्तुत गरेकी छु ।’ आफू ५१ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व गर्दै मुख्यसचिव हुन सक्ने अवस्थामा आइपुगेको हाडाले बताइन् । उनले भनिन्, ‘क्रान्तिको नेतृत्व गरेको पार्टीको नेतृत्वमा सरकार रहेका बेला म यस स्थानमा आउनु उहाँहरू (एमाओवादी)का लागि मौकाको कुरा हो ।’
नेपालको इतिहासमा आजसम्म महिला मुख्यसचिव नभएको उल्लेख गर्दै उनले भनिन्, ‘महिलाबारे वकालत गर्नेहरूका लागि परीक्षाको घडी हो ।’ मुख्यसचिवका लागि आºनो दाबी प्रस्तुत गर्दा प्रधानमन्त्री सकारात्मक भएको उनको पनि दाबी थियो । ‘मैले निडर भएर नेतृत्व सम्हालेको छु, आºनो काममा कतैबाट पनि दाग लागेको छैन भने म किन मुख्यसचिव नहुने ?’ हाडाको प्रश्न थियो । योग्यता र क्षमता कुनै पनि हिसाबमा आफू कमजोर नभएको उल्लेख गर्दै हाडाले नेपालको निजामती प्रशासनलाई सिस्टममा सञ्चालन गर्न पनि आफू मुख्यसचिव हुनुको विकल्प नभएको दाबी गरिन् ।
यसैगरी, महिला बालबालिका तथा समाजकल्याण सचिव बालानन्द पौडेलले पनि मुख्यसचिवको दाबीसहित प्रधानमन्त्री, मन्त्री तथा अन्य दलका नेतासँग भेट गरेर जानकारी गराएको बताए । उनले भने, ‘मुख्यसचिवका लागि मसँग भएको क्षमता र मैले निभाएको भूमिकाबारे सबैलाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेको छु,’ उनले भने, ‘मेरो कामलाई प्रधानमन्त्रीदेखि सबै दलका नेताले सकारात्मक रूपमा लिएका छन् ।’ सरकारले गरेको निर्णयलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने खुबी आफूमा रहेको दाबी गर्दै सचिव पौडेलले भने, ‘मुख्यसचिव हुनका लागि चाहिने सबै क्षमता मसँग छ ।’
सहरी विकास सचिव ताना गौतमले भने आफू साउनको १०/१५ बाट मात्र मुख्यसचिवको अभियानमा लाग्ने बताए । ‘म मुख्यसचिवको प्रतिस्पर्धी भए पनि अहिलेसम्म त्यो अभियानमा लागेको छैन,’ सचिव गौतमले भने, ‘प्रतिस्पर्धी धेरै भएकाले म मुख्यसचिव हुन्छु जस्तो लागेको पनि छैन । तैपनि, सिस्टममा चल्यो भन्ने यसै भन्न सकिन्न ।’ स्रोतका अनुसार एमालेले ताना गौतम र पौडेलमध्येबाट सचिव बनाउन प्रधानमन्त्रीलाई दबाब दिएका छन् भने गौतम र पौडेलले पनि एमाले नेताहरूको फोर्स लगाएका छन् ।
प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले भने यस विषयमा केही बोल्न चाहेनन् । ‘यसबारे मसँग भन्दा पनि अन्य नेता तथा मेरा सहकर्मीसँग सोध्दा राम्रो हुन्छ,’ उनले भने, ‘म मुख्यसचिवको प्रतिस्पर्धी हो, तपाईंले त्यही रूपमा लिँदा हुन्छ ।’ प्रधानमन्त्रीसँग त आºनो दाबी राख्नुभयो होला नि † भन्ने प्रश्नमा सचिव पौडेलले भने, ‘म प्रधानमन्त्रीसँग २४सै घन्टा सँगै हुने भएकाले मैले यसबारे केही जानकारी गराएको छैन । मुख्यसचिवको म्याद सकिँदै छ र नयॉ मुख्यसचिव बनाउनुपर्छ भन्ने उहाँलाई जानकारी छ ।’
स्रोतका अनुसार प्रधानमन्त्री बाबुराम भट्टराई सचिव पौड्याललाई मुख्यसचिव बनाउने ध्याउन्नमा छन् । उनले यसका लागि मधेस केन्द्रित दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई मनाउने प्रयास गरिरहेका छन् । तर, मधेस केन्द्रित दलका मन्त्री भने उद्योगसचिव झालाई मुख्यसचिव बनाउन चाहन्छन् ।
आफू स्वच्छ प्रशासक रहेकाले मुख्यसचिवको बलियो दाबेदार भएको सञ्चारसचिव अरविन्दकुमार श्रेष्ठले बताए । उनले भने, ‘मैले आºनोबारे प्रधानमन्त्रीलाई जानकारी गराउ‘दै म मुख्यसचिव हुनुपर्छ भनेर दाबी प्रस्तुत गरेको छु ।’ आफूलाई मुख्यसचिव बनाउनुस् भनेर आजसम्म कसैको दैलोमा नगएको जिकिर गर्दै सचिव श्रेष्ठले भेटेका बेला मात्र आºनोबारे जानकारी गराएको बताए ।
राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपानेले सिस्टम नबसेको ठाउँमा पद पाए पनि केही गर्न नसक्ने प्रतिक्रिया दिए । उनले भने, ‘म मुख्यसचिवको कडा प्रतिस्पर्धी हुँ, सिस्टमबाट चल्यो भने म मुख्यसचिव हुन्छु, नत्र हुन्न ।’ आफूलाई मुख्यसचिव बनाए पनि नबनाए पनि केही फरक नपर्ने उनले बताए ।
निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइरालाले पनि प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरूसँगको भेटलाई तीव्रता दिएका छन् । उनले कांग्रेसका सबैजसो नेतालाई आºनोबारे जानकारी गराइसकेका छन् । स्रोतका अनुसार २२ साउनभित्र कांग्रेसको नेतृत्वमा सरकार बने कोइराला मुख्यसचिव बन्ने पक्कापक्कीजस्तै छ ।
मुख्यसचिवकै दौडमा रहेका अख्तियारका सचिव काºले, लोकसेवा आयोगका सचिव मैनाली र संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिधि आचार्य नेपालबाहिर भएकाले उनीहरूसँग सम्पर्क हुन सकेन । तर, उनीहरूले पनि प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेतासँग मुख्यसचिवका लागि आºनो दाबी प्रस्तुत गरिसकेका छन् ।
असोजभित्र ११ सचिवले अवकाश लिँदै आगामी असोजसम्म ११ जना सचिवले उमेर हदका कारण अनिवार्य अवकाश लिँदै छन् । अवकाश लिने सचिवमध्येबाट मुख्यसचिव बन्ने एकजनाले भने तीन वर्षसम्मका लागि मुख्यसचिवको जिम्मेवारी सम्हाल्न पाउनेछन् ।
निजामती किताबखानाका अनुसार लोकसेवा आयोगका सचिव श्यामप्रसाद मैनालीले ५ भदौमा अवकाश लिँदै छन् । यस्तै, आगामी २४ असोजमा राष्ट्रपति कार्यालयका वामनप्रसाद न्यौपाने, गृहसचिव सुशील जबरा, सहरी विकासका ताना गौतम, महिला बालबालिका तथा समाजकल्याणका बालानन्द शर्मा पौडेल, सिँचाइका बिन्दा हाडा, निर्वाचन आयोगका शंकरप्रसाद कोइराला, प्रधानमन्त्री कार्यालयका लीलामणि पौडेल, त्रिलोचन उप्रेती, सञ्चारका अरविन्दकुमार श्रेष्ठ र अख्तियारका भगवतीकुमार काºले अवकाश लिँदै छन् ।
सचिवमा बढुवा
सरकारले बिहीबार चारजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त चार पदका लागि बढुवा समितिले सिफारिस गरेको १२ जना सहसचिवबाट छनोट गरी चारजनालाई बढुवा गरेको हो ।
मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसमा परेका दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, सूर्य सिलवाल र धनबहादुर तामाङलाई सचिवमा बढुवा गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताए । सचिवहरू रामहरि अर्याल, आनन्द पोखरेल, पुरुषोत्तम ओझा, अर्जुनबहादुर भण्डारीले ५८ वर्ष पुगी अनिवार्य अवकाश पाएकाले चार सचिव पद रिक्त थिए ।
मन्त्री यादवका अनुसार मन्त्रिपरिषद् बैठकले बिहीबार बढुवा गरेका चारजना सचिवलाई जिम्मेवारी भने तोकिएको छैन । उनीहरूको जिम्मेवारी नतोके पनि अहिले प्रधानमन्त्री कार्यालयमा एक सचिव, क्षेत्रीय प्रशासन कार्यालय सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिममा क्षेत्रीय प्रशासक (सचिव) पद रिक्त छन् । यसअघि सुदूरपश्चिममा दुर्गानिधि शर्मा र मध्यपश्चिममा ज्ञानदर्शन उदासले कामु क्षेत्रीय प्रशासकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सचिवहरूको बढुवाका लागि सरकारको आग्रहमा लोकसेवा आयोग सदस्य कृष्ण पोखरेलको अध्यक्षतामा गत सोमबार बढुवा समितिको बैठक बसी सचिव नियुक्तिको प्रक्रिय अघि बढाएको थियो । पाँच वर्ष सेवा अवधि पुगी पदोन्नतिका लागि योग्य सहसचिवमध्येबाट कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा रिक्त पदको तेब्बर संख्यामा सहसचिवहरूको नाम सिफारिस गर्ने गरिन्छ । जसअनुसार रिक्त सचिवका लागि बढुवा समितिले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा सहसचिवहरू दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास, शारदाप्रसाद त्रिताल, रमेशराज विष्ट, सुमनप्रसाद शर्मा, नरेन्द्र दाहाल, उत्तमनारायण मल्ल, कृष्णप्रसाद आचार्य, सूर्य सिलवाल, शिवबहादुर रायमाझी, शरदचन्द्र पौडेल र धनबहादुर तामाङलाई सिफारिस गरेको थियो ।
प्रतिक्रिया