बैदेशिक रोजगारीमा ठगी गर्ने केसी पक्राउ

काठमाडौं, २७ असार । वैदेशिक रोजगारको ठगी मुद्धामा वैदेशिक रोजगार न्यायधिकरणबाट सजायपाएर फरार भक्तपुरका राजु केसी(खत्री)लाई आज प्रहरीले पक्राउ गरेको छ ।
२०६७ साल साउन–२५ गतेको पैmसला अनुसार केसीलाई न्यायधिकरणले १ लाख जरीवाना र ५ लाख बिगो सजाय ठहर गरेको थियो । सो सजाय पछि केसी फरार थिए ।
भक्तपुर जिल्ला बागेश्वरी–३ घर भई हाल काठमाडौं महानगरपालिका–७, कुमारीगाल बस्ने ४४ बर्षीय केसीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको टोलीले पक्राउ गरेको हो ।
केसीलाई कुमारीगाल ईलाकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।
केसीले होम बहादुर पण्डित, नवीन कक्षपति र राजु श्रेष्ठलगायतका व्यक्तिहरुलाई हङकङमा रोजगारको व्यवस्था मिलाई दिने भन्दै ठगी गरेका थिए ।
उनले पण्डित, कक्षपति र श्रेष्ठलाई चीनको ग्वाङझाउ बिमानस्थलसम्म पुराएर अलपत्र छाडेका थिए ।

प्रतिक्रिया