दाहाल–बैद्य भेटबार्ता/कार्यदल गठन

काठमाडौं, २७ असार । पार्टी विभाजन पछि कार्यालयको स्वामित्वलगायतका विषयमा विवाद उत्पन्न हुन थाले पछि समस्या समाधानका लागि एकीकृत माओवादी र नेकपा–माओवादीले कार्यदल गठन गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यवीच आज काठमाडौंमा भएको भेटबार्तामा चार सदस्सीय कार्यदल बनाउने सहमति भएको हो । कार्यदलको सुझाव अनुसार केन्द्रीय कार्यालय र अन्य जिल्लाका कार्यालयहरुको स्वामित्वका विषयमा निर्णय गरिने नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिए ।
कार्यदलमा कृष्णबहादुर महरा र अग्नी सापकोटा तथा नेकपा–माओवादीका देव गुरुङ र हितमान शाक्य रहेका छन् ।

प्रतिक्रिया