एक तिहाई बजेट ल्याउने सहमति

काठमाडौं, २६ असार । सर्वदलीय बैठकले पूर्ण बजेट नल्याउने सहमति गरेको छ । बैठकले सरकारको दैनिक कार्यसञ्चालनका लागि एक तिहाई बजेट मात्रै ल्याउने सहमति गरेको हो ।
राजधानीमा आज बसेको सर्वदलीय बैठकमा दैनिक कार्य सञ्चालनका लागि एक तिहाई बजेट ल्याउने सहमति भएको उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तत्काल पूर्ण वजेट नल्याउने सहमति भएको छ ।’
वजेटको प्रक्रिया र अन्य विविध विषयमा भने पुनः छलफल गरेर टुङगो लगाईने छ । प्रधानमन्त्री भट्टराईले बोलाएको बैठक विपक्षी दलहरुले वहिष्कार गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेस, एमाले लगायतका विपक्षी दलहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने भन्दै विरोध जनाएपछि एक तिहाई बजेट मात्रै ल्याउने सहमति भएको नेताहरुले जनाएका छन् ।
बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग्नुपर्ने माग गरेका थिए । उनीहरुले राष्ट्रिय सहमतिको सरकार बनाउन समेत पहल गर्नुपर्ने धारणा राखेका हुन् ।

प्रतिक्रिया