प्रचण्ड विलासी भएर पार्टी फुट्यो

काभ्रे, २५ असार । नेकपा–माओवादीका पोलिटब्युरो सदस्य हितमान शाक्यले विलाशितामा रमेर जनताको आवश्यकता भूल्दा पार्टी विभाजन भएको बताएका छन् । उनले पार्टी नीति र कार्यदिशा विपरित अध्यक्ष प्रचण्ड लागेकै कारणसँगै बस्न नसकेको बताए ।
नेकपा–माओवादीले आज धुलिखेलमा आयोजना गरेको राजनीतिक र सांगठनिक प्रशिक्षणमा शाक्यले अध्यक्ष प्रचण्डको मनमा पार्टी एकता भन्दा फुटेकै जाति भन्ने मनोभावका कारण विभाजन भएको बताए । ‘युद्धमा देखाएका सपना र पार्टीको मुल कार्यदिशा छाड्दै विलासिता र सत्ताको भोगमा नेतृत्व डुब्यो,’ शाक्यले भने ।
‘एकताको नाममा अध्यक्ष प्रचण्डले बाहिर र भित्र फरक फरक कुरा गरे र क्रान्तिलाई धोका दिए’ उनले भने, ‘वावुराम भट्टराई सत्तामा टिकिरहन संविधान सभाको विघटन पछि हुँनै नसक्ने अर्काे निर्वाचन घोषणा गर ।’
शाक्यले भने, ‘अहिले प्रचण्ड र वावुरामको सम्वन्ध पनि चिसिन थालेको छ ।’ प्रचण्डले पार्टीलाई कमजोर बनाउन पुनः एकताको प्रस्ताव ल्याए पनि उनीहरुको ललिपपमा नेतृत्व नभुलिने प्रष्ट पारे ।

प्रतिक्रिया