विदेशी नाम परिवर्तन गर्न नेविसंघको दबाव

काठमाडौं, २३ असार । नेपाल विद्यार्थी संघले विदेशी नाम परिवर्तनको माग गर्दै आज काठमाडौंका निजी उच्च माध्यामिक विद्यालय अर्थात प्लस टुका मुल गेटहरुमा सूचना टाँस गरेको छ ।
विदेशी नाम गरेका नयाँ बानेश्वर क्षेत्रका प्लस टुका मुल गेटमा नाम परिवर्तन र चर्को शुल्क घटाउन माग गर्दै दबाव स्वरुप सूचना टाँसेको नेविसंघका प्रवक्ता यु.पी.लामिछानेले जानकारी दिए ।
विद्यार्थीलाई भ्रममापार्न प्लस टु सञ्चालकहरुले विदेशी नाम राखेर शिक्षामा ठगी गरेको नेविसंघको आरोप छ ।
विदेशी नामका आधारमा राखिएका निजी उच्च माध्यामिक विद्यालयका नाम परिवर्तन गर्न सूचना टाँस गर्ने क्रममा केही स्थानमा प्रहरी र नेविसंघका कार्यकर्तावीच तनाव समेत भएको छ ।
नेविसंघका कार्यकर्ताले केही विदेशी नाममा राखिएका निजी प्लस टुका साईन बोर्डमा कालो समेत पोतिदिएको लामिछानेले जानकारी दिए ।
प्लस टुले शुल्क घटाउनुपर्ने जनाएको नेविसंघले विदेशी नाम पनि तत्काल परिवर्तन गर्न चेतावनी दिएको छ । मागप्रति वेवास्ता गरिए आन्दोलन गर्ने निर्णय भएको प्रवक्ता लामिछानेले बताए । सौर्य

प्रतिक्रिया