संयमित हुन लडाकुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २३ असार । प्रधानमन्त्री तथा सेना समायोजन विशेष समितिका संयोजक बाबुराम भट्टराईले सेना समायोजन प्रक्रिया सम्मानजनक रुपमा अगाडि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान एमाओवादीका नेता तथा कार्यकर्तासागको भेटघाटमा उनले चितवनको शक्तिखोर लगायतका शिविरहरुमा लडाकुहरुले उठाएका माग र प्रश्नका बारेमा आफूले पुरा गर्ने प्रयासमा रहेको बताए ।
लडाकुका विभिन्न खालका माग पछि सेना समायोजनको काम अघि बढ्न नसकिरहेका समयमा प्रधानमन्त्री भट्टराईले लडाकुलाई सम्झाउने प्रयास गरेका हुन् ।
‘समायोजन प्रक्रियामा केही समस्या देखिए पनि सम्बन्धित सबै पक्षसाग मैले गम्भीर रुपमा छलफल चलाईरहेको छु,’ भट्टराईले भने, ‘सम्मानजनक समायोजन हुने कुरामा कुनै शंका नगर्न आग्रह गर्छु ।’ उनले शिविरमा रहेका लडाकुलाई संयमित बन्न समेत आह्वान गरेको भट्टराईको निजी सचिवालयले जनाएको छ ।
समायोजनका क्रममा देखिएका प्राविधिक समस्यालाई छलफलको माध्यमबाट टुंग्याईने बताएका प्रधानमन्त्री भट्टराईले सो विषयमा छलफल सकारात्मक रुपबाट अगाडि बढेको दाबी गरे ।
मुलुक संक्रमणकालिन अवस्थामा गुज्रिरहेको भन्दै उनले प्रतिक्रियावादी शक्तिहरुले चलखेल गर्ने तर्फ पनि ध्यान दिन लडाकुहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘अग्रगमनकारी शक्तिहरु सचेत र विवेकपूर्ण ढंगबाट अगाडि बढ्नु पर्छ ।’

प्रतिक्रिया