तामा र पित्तलका सामान छाडेर बेपत्ता

काठमाडौं, २१ असार । काठमाडौंको डिल्लीबजार चारखाल गल्लीमा आज प्रहरीले केही धातुका सामानहरु फेला पारेको छ ।
अपरिचित २ जना ब्यक्तिले बोरामा रहेका तामा र पित्तलका सामान छाडेर भागेको प्रहरीले जनाएको छ ।
बोरामा तामाका फोसी ३, पित्तलको बाटा ३, पित्तलको तस्ला २, पित्तलको सुराही ३, पित्तलको कचौरा १, पित्तलको दियो २, धुपौरो १, पित्तलको थाली १ थान रहेका थिए ।
फेला परेका तामा र पित्तल भाँडा अन्दाजी १५ किलो रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई देखेपछि दुई जना व्यक्ति बोरा छाडेर भागेका थिए ।

प्रतिक्रिया