सौजन्यको प्रश्न भूपेनको उत्तर

सौजन्य : अन्तिम समयसम्म पनि संविधान नबन्नुको कारण के होला ?

भूपेन : बनाउने जिम्मा लिएकाहरूले जिम्मेवारी पूरा नगरेकाले संविधान नबनेको हो । यो जनतालाई धोका हो ।
सौजन्य : अन्तरिक्ष भ्रमणमा जान पाए कसलाई साथ लान चाहनुहुन्छ ?
भूपेन : मभन्दा चलचित्रक्षेत्रमा अगाडि आउनुभएकाले तपाईंलाई बढी नै ज्ञान छ । यसैले अन्तरिक्षमा लैजान पाए तपाईंलाई नै लिएर जान्छु र चलचित्रसम्बन्धी ज्ञान लिन्छु ।
सौजन्य : तपाईंको जिन्दगीका तीन प्रमुख कुरा के–के हुन् ?
भूपेन : मेरो जिन्दगीको तीन कुरा हुन्– सिनेमा, सिनेमा, सिनेमा ।
सौजन्य : गर्लफ्रेन्ड, रक्सी र चलचित्रमध्ये कुनै एक छान्नुपरे ?
भूपेन : चलचित्र नै रोज्छु ।
सौजन्य : कलाक्षेत्रमा लागेर तपाईंको खोसिएको रहर के हो ?
भूपेन : मैले पाइलट ट्ेरनिङ गरेर आएको छु । यो क्षेत्रमा लागेर पाइलट हुने सपना अधुरै रह्यो ।
सौजन्य : तपाईंको जीवनको सबैभन्दा खुसीको क्षण ?
भूपेन : २००३ अप्रिल २३ तारिक । त्यस दिन म पहिलोपटक चलचित्र दुई किनाराको सुटिङ गर्दै थिए ।
सौजन्य : केटाहरू केटी घुमाउन खप्पिस हुन्छन् रे नि ?
भूपेन : मचाहिँ त्यस्तो छैन । ढाँटेको हैन । म त्यति घरबाट बाहिरै निस्कन्न । केटा साथीलाई त समय दिन भ्याउँदिनँ, केटी कहाँ घुमाउनु नि †

प्रतिक्रिया