जयको जगजगी

जयकिसन बस्नेत नेपाली चलचित्रमा निर्माताका रूपमा प्रवेश गरेका हुन् । उसो त उनले लगानीको बलमा अभिनय पनि गरे । पैसाले पेलेर नामी हिरो बन्ने बन्ने सपना बोकेका यी किसानलाई खेतीले साथ दिएन । सधैँ खडेरी भोग्नुपर्‍यो । न उनले लगानी गरेको फिल्मले लगानी उठाए न त उनी नामी हिरो नै भए । उनले लगानी गरेका फिल्महरू केवल उनका लागि भए तर दर्शकका लागि भएनन् । चलचित्रको गुणस्तरभन्दा चलचित्रका संख्या थुपार्ने उनका चलचित्रका निर्देशक उनका दाजु शोभित बस्नेत परेकाले पनि चलचित्रले व्यवसाय गर्ने त कुरै भएन । तर, अझै पनि हार मानेका रहेनछन् यी किसन । खेती अझै सप्रेला कि भनेर फेरि बनाएका छन्, ‘तँ त सारै नै सप्रिस नि बद्री ।’ उसले आफ्नो खेती सपार्न यो चलचित्र त बनाए तर चलचित्र उद्योगको चलचित्र चल्ने ट्ेरन बदलियो । नग्न चलचित्रहरू चल्न थाले । गुणतस्तरभन्दा संख्यात्मक रूपमा अब्बल निर्देशक शोभितले सी ग्रेडका चलचित्र बानाउने कुरै भएन । उनलाई परेछ फसाद न आºनो चलचित्रमा कुनै त्यस्तो नग्न सिन छ न त दाइको नामले नै चलचित्र चल्छ ।
चलचित्र चल्ने बेला भयो केही न केही हंगामा त गर्नु नै पर्छ त्यसैले उनले साथ लिएछन् नग्नता अर्थात् ‘मिनी ब्लु’ चलचित्र । उनले घोषणा गरेका छन्, ‘अब बन्छ मिनी ब्लु फिल्म ।’ यी चार ºलप फिल्मका निर्माताले फेरि मिनी ब्लु फिल्म बनाउलान् त ? तर, उनीनिकट मित्रहरू भन्छन्, ‘मिनी ब्लु फिल्म बनाए चल्न सक्छ तर चल्ने फिल्म जयकिसनले बनाउँदैन ।’ नचल्ने फिल्मलाई चलाउन यस्तो हल्ला चलाएको उनीनिकट मित्रहरूको सूचना छ ।

प्रतिक्रिया